हेटौंडाः नुवाकोट जिल्लाको दुप्चेश्वर गाउँपालिका-२ गाङब्राङ खोलामा एक जना मानिस मृत फेला परेको छ । मृत फेला पर्नेमा दुप्चेश्वर बस्ने ५० बर्षीय दुर्गा तामाङ रहेको प्रहरीले जानकारी दिएको छ । तामाङ शनिबार ससुराली जान्छु भनि हिडेकोमा सम्पर्कमा नआए पछि खोज तलास गर्दा आईतबार दिउँसो ४ बजेको समयमा खोलाको किनारमा मृत्त फेला परेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जानकारी दिएको छ ।
यस्तै, धादिङ जिल्लाको गजुरी गाउँपालिका-६ बन्छेटारमा एक जना मानिस मृत फेला परेको छ । मृत फेला पर्नेमा नामथर वतन नखुलेको ४० बर्षीय पुरुष मृत फेला परेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जानकारी दिएको छ । आईतबार दिउँसो २ बजे त्रिशुली नदिमा मृत फेला परेको थियो । शव मुचुल्का पश्चात पोष्टमार्टमकोे लागी प्राथमिक स्वास्थ्य केन्द्र गजुरी लगिएको प्रहरीले जानकारी दिएको छ ।
यस्तै, सिन्धुपाल्लचोक जिल्लाको बलेफी गाउँपालिका-४ डाडाँ गाउँमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बलेफी बस्ने ६८ बर्षीय कामि सिंह तामाङ रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जानकारी दिएको छ । तामाङ शुक्रबार घरवाट गोरु वेचेको पैसा लिन गयकोमा घर नआए पछि खोजतलास गर्दा आईतबार साँझ ५ बजेको समयमा घरबाट पर रहेको भिरबाट १० मिटर तल मृत अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ ।
यस्तै, दोलखा जिल्लाको कालिन्चोक गाउँपालिका-२ बाबरेमा भिरबाट लडेर एक जना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा कालिन्चोक बस्ने २२ बर्षीया गंगा थामी रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जानकारी दिएको छ । थामी आईतबार जंगलमा घांस काट्ने क्रममा भीरबाट लडेर गम्भिर घाइत भएकी थिईन । घाईते थामीलाई उपचारको लागि चरिकोट अस्पताल लगिएकोमा दिउँसो १२ बजे उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।



