मौसमकस्तो रहनेछ आजको मौसम ?

कस्तो रहनेछ आजको मौसम ?

काठमाण्डाै – धेरै ठाउँको मौसम अहिले सफा भए पनि बेलुकीपख मेघगर्जन र चट्याङसहित पहाडी क्षेत्रमा पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

दिउँसोदेखि नै मौसम बदली भइ बेलुकीपख हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसमविद् सजिना शाक्यले जानकारी दिए । उहाँका अनुसार आज बाग्मती, कोशी, गण्डकी र सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी क्षेत्रका केही ठाउँमा बेलुकीपख मेघगर्जन, चट्याङ र हावाहुरीसहित पानी पर्ने सम्भावना छ।

केही दिनयता दिनहुँ बेलुकीपख पानी पर्ने गरेको छ । पश्चिमी वायुसँगै स्थानीय वायु पनि सक्रिय भएकाले पानी परिरहेको मौसमविद् शाक्यले बताए । उनका अनुसार प्रि-मनसुनमा बिहान मौसम खुले पनि दिउँसो पछि बदली भएर पानी पर्ने हुन्छ । अहिले पश्चिमी वायु सक्रिय भइरहेकाले लगातारजसो मौसम बदली भइ पानी परिरहेको हो ।

उच्च पहाडी र हिमाली जिल्लाका एक/दुई ठाउँमा हिमपातसमेत भएको छ । यसले गर्दा चिसो बढाएको छ । पश्चिमी वायु सक्रिय हुँदा चिसो हावा बहने भएकाले बिहान र बेलुका जाडो नै छ । आज काठमाण्डौ उपत्यकामा पनि बेलुकीपख पानी पर्ने अनुमान छ ।

पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशमा सबैभन्दा धेरै पानी परेको छ । त्यहाँ ३० मिलिमिटरभन्दा धेरै वर्षा भएको मौसमविद्ले बताएका छन् ।

Ads
sidebar 3 / after post

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img