Wednesday, February 12, 2025
समाजऔषधिमा निःशुल्क लेखिएको अक्षरलाई मेटेर सेवाग्रीसंग पैसा लिदै हेटौंडा अस्पताल

औषधिमा निःशुल्क लेखिएको अक्षरलाई मेटेर सेवाग्रीसंग पैसा लिदै हेटौंडा अस्पताल

हेटौंडा । बागमती प्रदेशको राजधानी हेटौंडाको मुख्य भागमा रहेको एक मात्र सरकारी अस्पताल हेटौंडा अस्पतालले नेपाल सरकारले निःशुल्क उपलब्ध गराएको औषधि सेवाग्रीसंग पैसा लिएर बेचेको फेला परेको छ । सरकारले निःशुल्क भनेको औषधि हेटौंडा अस्पतालको फार्मेसीले धमाधम पैसा लिएर सेवाग्राहीलाई बेच्ने गरेको पाईएको हो ।

हेटौंडा अस्पतालको फार्मेसीबाट स्वासप्रश्वासका दिर्घरोगीले प्रयोग गर्ने आस्थालिन नामक औषधि पैसा लिएर धमाधम विक्री भईरहेको छ । निःशुल्क लेखिएको अक्षरलाई मार्करले मेटेर हेटौंडा अस्पतालको फार्मेसीले औषधि धमाधम विक्री गरिरहेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी मकवानपुरले नेपाल सरकारले निःशु्ल्क उपलब्ध गराएको औषधि हेटौंडा अस्पतालको फार्मेसीले पैसा लिएर विक्री वितरण गरेको प्रति जिल्ला प्रशासन कार्यालय मकवानपुरलाई ध्यानाकर्षण गराएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला सभापति भरत पराजुलीले एक प्रेस विज्ञप्ती जारी गर्दै सेवाग्राहीलाई ठग्ने उपर अनुगमन गरी कार्वाहीको माग गरेका हुन्।

सरकारी निःशुल्क औषधि पैसा लिएर बिक्री गरेको आरोपमा हेटौंडा अस्पतालको फार्मेसीका कर्मचारी विकास लामालाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

asthalin0 hhl

spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

सिफारिस