Thursday, July 17, 2025
समाजपत्रकार बन्जरा बलात्कार अभियोग : रास्वपा देखी पत्रकार महासंघ सम्मको बिज्ञाप्ती

पत्रकार बन्जरा बलात्कार अभियोग : रास्वपा देखी पत्रकार महासंघ सम्मको बिज्ञाप्ती

निष्पक्ष छानविन गर्न पत्रकार महासंघको माग 

spot_img

मकवानपुर: मकवानपुरका पत्रकार ईन्द्रप्रसाद बन्जारा (रमेश) बलात्कारको अभियोगमा पक्राउ परेको १६ दिन पुगेको छ। यसैबीच बलात्कार जस्तो जघन्य अपराधसम्बन्धी मुद्दामा ध्यानाकर्षणपत्र भन्दै बिभिन्न ४ ओटा बिज्ञाप्ती सार्वजनिक भएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाल पत्रकार महासंघ केन्द्रीय समिति, नेपाल पत्रकार महासंघ बागमती प्रदेश समिति र नेपाल पत्रकार महासंघ मकवानपुर जिल्ला समितिले जघन्य अपराधको मुद्दामा अनुसन्धान जारी रहँदा निष्पक्ष छानविनको माग गर्दै विज्ञप्ति निकालेका छन् । महासंघको सदस्य समेत रहेका इन्द्रप्रसाद बन्जारा (रमेश) बलात्कारको अभियोगमा पक्राउ परेको १६औं दिनमा पत्रकार महासंघले ध्यानाकर्षण भएको भन्दै विज्ञप्ति जारी गरेको हो । बन्जारा पक्राउ परेको १४औ दिनमा राष्ट्रिय स्वतन्त्र पार्टीले ध्यानाकर्षण बुझाएको थियो ।

- Advertisement -

पत्रकार बन्जारालाई फसाउन खोजियो: रास्वपा मकवानपुर

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरले सञ्चार माध्यममा आएका समाचार सीसीटीभी फुटेजका आधारमा बन्जारालाई सुनियोजितरुपमा फसाउन खोजको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । “समाचारमा उल्लेख र अन्य सामग्री हेर्दा पत्रकार बन्जारालाई सुनियोजित रुपमा फसाउन खोजेको भन्ने जनगुनासो जनस्तरबाट आएको, घटना प्रकृतिहरु हेर्दा पुराना विभिन्न बदलाभाव जस्तो देखिएकोले हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।” सभापति भरत पराजुलीले प्रहरीलाई बुझाएको ध्यानाकर्षणपत्रमा उल्लेख छ । “समाचार लेखेकै भरमा विभिन्न प्रपन्च रची फसाउन खोजेको भन्ने जनगुनासो आएकोले यस घटनाको सत्यतथ्य छानविन र अनुसन्धान सुक्ष्मरुपले र समयमै गर्न, गराउन राष्ट्रिय स्वतन्त्र पार्टी जोडदार माग गर्दछ ।” ध्यानाकर्षणपत्रमा उल्लेख छ ।

rsp makwanpur

निष्पक्ष छानविन गर्न पत्रकार महासंघको माग 

महासंघले निष्पक्ष छानविन गर्न माग गरेको छ । नेपाल पत्रकार महासंघका महासचिव रोसन पुरी , नेपाल पत्रकार महासंघ मकवानपुर जिल्ला समितिका अध्यक्ष मणिराज गौतम र नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिका महासचिव कृष्ण सारु मगरले छुट्टा छुट्टै विज्ञप्ति निकालेर ध्यानाकर्षण भएको जनाएको छ । तिनवटै  विज्ञप्तिमा बन्जारा पक्राउ परेको घटनाप्रति ध्यानाकर्षण भएको जनाउँदै दोषीलाई कानुनी कारबाही र निर्दोषलाई न्याय दिलाउन प्रहरी प्रशासनसमक्ष माग गरिएको छ । घटनाका विषयमा विलम्ब नगरी सत्यको पक्षमा न्याय निरुपणका लागि सरोकारवाला निकायसमक्ष पनि महासंघ मकवानपुर अध्यक्ष गौतमले विज्ञप्तिमार्फत् आग्रह गर्नुभएको छ ।

प्रहरीले अनुसन्धान गरिरहेको मुद्दामा सञ्चार माध्यममा सीसीटिभी फुटेज आएको उल्लेख गर्दै घटनाको दोहोरो छानविन गर्न समेत माग गरिएको छ ।

mahasang bigyaptii

दबाबमा आएर विज्ञप्ति 

विधिको शासनको पैरवी गर्ने महासंघले जघन्य अपराधमा प्रहरी, सरकारी वकिलको कार्यालय हुँदै न्यायालयले न्याय सम्पादन गर्ने अवस्था रहँदा रहँदै दबाबमा आएर विज्ञप्ति जारी गर्नु भविष्यमा संस्थागत सम्बन्धमा समेत वैमनस्यता सिर्जना हुने जोखिम रहेको मकवानपुरका पत्रकार तथा समृद्ध समाज राष्ट्रिय दैनिकका सम्पादक सुरेश श्रेष्ठ बताउछन ।

गत चैत ३० गतेका दिन एक महिलाले आफूमाथि बलात्कार गरेको आरोप लगाउँदै बन्जाराविरुद्ध प्रहरीमा उजुरी दर्ता गराएका थिए । प्रहरीले चैत ३० गते नै बन्जारालाई पक्राउ गरी हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ ।

 

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img