Sunday, September 8, 2024
अर्थ व्यापारआर्थिक मन्दी: मालपोतबाट संकलन हुने राजस्व घट्यो
spot_img

आर्थिक मन्दी: मालपोतबाट संकलन हुने राजस्व घट्यो

मकवानपुर: आर्थिक मन्दीको असर प्रत्यक्ष मालपोत कार्यालयहरुमा देखीन थालेको छ ।  मकवानपुरमा मालपोत कार्यालयबाट संकलन हुने राजस्व घट्दो क्रममा रहेको पाईएको छ । मकवानपुर मालपोत कार्यालयमा गत आर्थिक वर्ष २०७८/७९ तुलनामा चालु आर्थिक वर्ष २०७९/८० मा ६० प्रतिशति कम राजस्व संकलन भएको छ  ।

चालु आर्थिक वर्ष २०७९/८० फागुन महिनासम्म मालपोत कार्यालय मकवानपुरले २२ करोड ४६ लाख ९९ हजार ६ सय ८५ संकलन गरेको छ । कार्यालयमा गतआर्थिक वर्ष २०७८/७९ मा बिभिन्न शीर्षक गरि ५५ करोड ९७ लाख ४८ हजार ६ सय ८२ रुपयाँ राजस्व संकलन गरेको थियो । आथिक बर्ष २०७८/७९ को तुलनामा चालु आर्थिक वर्ष २०७९/८० फागुन महिना सम्ममा ४० प्रतिशत मात्र राजस्व संकलन भएको छ ।

अघिल्लो आर्थिक बर्षमा १७ हजार ९ सय ९४ जनाले कारोबार गरेकोमा चालु आर्थिक बर्ष २०७८/७९ मा ८ हजार ६१५ जनाले मात्र कारोबार गरेको मालपोत कार्यालयले जनाएको छ । कार्यालयले आर्थिक बर्ष २०७८/७९ मा पूँजीगत लाभ कर २४ करोड ५४ लाख ३१ हजार ३ सय ५२ गरेको थियो । चालु आर्थिक बर्ष फागुन सम्म ११ करोड ४७ लाख १६ हजार ७ सय ७४ संकलन गरेको छ । जुन आर्थिक बर्षको तुलनामा ४६ प्रतिशत मात्र रहेको छ ।

जग्गाको राजस्व ग्रामिण र सहर गरि दुई भागमा उठाईने गरेको छ । सरकारले जग्गाको बर्गिकरणको जिम्मा स्थानिय तहलाई दिएको छ । मकवानपुरको कैलाश गाउँपालिका, बकैया गाउँपालिका र भिम फेदी गाउँपालिकामा अझै वर्गीकरण नटुङ्ग्याएकोले राजस्व संकलन कम भएको छ । कार्यालयले पछिल्लो समय देखीएको आर्थिक मन्दी, सरकारले जग्गामा रोकेको कित्ता काट र बैंकले लोन दिन कम गरेकै कारण कारोबार कम भएको र राजस्व संकलन घटेको कार्यालयले जनाएको छ ।

-Google Ads-

मालपोत कार्यालयबाट जग्गामा मृत्यु पछि नामसारी, अदालतको दाखिला, राजिनामा (किनबेच) र बकस पत्र गर्ने काम हुनेगरेको मकवानपुर मालपोत कार्यालयका सुचना अधिकारी भिम बहादुर परिवारले बताए । मालपोत कार्यालयमा घरजग्गा पास गरेपछि राजस्व शुल्क र लाभकर उठाउँदै आएको छ । मालपोत कार्यालयमा घरजग्गा पास गरेपछि संकलन हुने राजस्व शुल्क प्रदेश सरकारको खातामा ४० प्रतिशत जाने र ६० प्रतिशत रकम स्थानिय तहमा जाने गरेको छ । लाभकरबाट उठाउँदै आएको रकम पूर्ण रुपमा केन्दीय सरकारमा जाने गरेको परियारले बताए ।

सरकारले जग्गाको कारोबारमा १० लाख भन्दा माथिको कारोबार भएमा मात्र लाभकर लिदै आएको छ । कुनै एउटा व्यक्तीले एउटा जग्गा खरिद गरि ५ वर्ष उपभोग गरि बिक्री गरे सरकारले ५ प्रतिशत कर लिने गरेको र ५ वर्ष भन्दा धेरै समय भोगचलन गरेको बिक्री गरे ७ प्रतिशत लाभकर लिँदै आएको छ ।

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement

सिफारिस

४० उत्कृष्ट सरकारी कर्मचारी पुरस्कृत

स्वदेशमै बसौं कि विदेश जाऊँ?

आज गणेश चतुर्थी पर्व

भदौ २२ गते शनिवारको भाग्यफल

spot_img