समाजआगलागीबाट घरबार गुमाएका परिवारलाई पुनर्स्थापनाका लागि मन्त्री चौधरीको पहल

आगलागीबाट घरबार गुमाएका परिवारलाई पुनर्स्थापनाका लागि मन्त्री चौधरीको पहल

इटहरी | सुनसरी जिल्लाको बर्जु गाउँपालिका-४ मा गत फागुन ४ गते भएको आगलागीबाट घरबार गुमाएका परिवारलाई पुनर्स्थापना गर्ने पहल भएको छ। माननीय महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री एवं सुनसरी निर्वाचन क्षेत्र नं. ३ की सांसद् भगवती चौधरीले बिभिन्न संघसंस्थासँग सहकार्य गरेर आगलागी पिडित परिवारका लागि घर बनाइदिने घोषणा गरेकी छन्।

पुनर्बासका लागि संघीय सरकारले प्रवासी नेपाली संघ (एनआरएनए) र ताइवानी संस्था चुजी फाउन्डेसनसँग सहकार्य गर्ने भएको छ। करिब २७ घरपरिवारका लागि आवास तथा स्कुल निर्माण गरिने भएको छ।

मन्त्री चौधरीले आगलागीबाट पिडित परिवारको पुनर्बासका लागि सरकारले सबै दातृ निकायसँग सहकार्य गर्ने बताएकी छन्। पिडित परिवारले पनि आफ्नो पुनर्बास र जीवनरक्षाका लागि पहल गर्न मन्त्री चौधरीलाई अनुरोध गरेका छन्।

उक्त कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्य रोहित बहादुर कार्कीले पनि आगलागी पिडितको पुनर्बासका लागि आवश्यक कार्य गर्न संघीय र स्थानीय सरकारसँग सहकार्य गर्ने बताए। कार्यक्रममा गैरआवासीय नेपाली संघ, समाज कल्याण परिषद् र चुजी फाउन्डेसनका प्रतिनिधिको पनि सहभागिता रहेको थियो।

यसअघि पनि मन्त्री चौधरीको पहलमा आगलागी पिडितलाई राहत सामग्री वितरण गरिएको थियो भने रेडक्रसले पनि राहत सामग्री प्रदान गरेको छ।

Ads
sidebar 3 / after post

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img