संखुवासभा | पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ । संखुवासभाको पाँचखपन नगरपालिका- ९ स्थित अधेरी खोलामा पौडी खेल्ने क्रममा डुबेर बालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा स्थानीय सुरेन कुमार राईको १३ बर्षीय छोरा सुजल राई रहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।
शुक्रबार घर छेउमा रहेको अधेरी खोलामा सुजल स्कुल बिदा भए पश्चात घरमा आई साथीहरुसँग पौडी खेल्न गएकोमा उनको डुबेर मृत्यु भएको हो । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।