Saturday, September 7, 2024
समाजआम्दानीको १० प्रतिशत आमा-बुवालाई दिनैपर्ने कानुन बन्दै
spot_img

आम्दानीको १० प्रतिशत आमा-बुवालाई दिनैपर्ने कानुन बन्दै

काठमाडौं | महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले सन्तालने आफ्नो आम्दानीको १० प्रतिशत आमाबुवाको लागि खर्च गर्नुपर्ने कानुनी व्यवस्था गर्न लागिएको जानकारी दिएकी छन्।

शनिबार भक्तपुरमा आयोजित एक कार्यक्रममा मन्त्री चौधरीले ज्येष्ठ नागरिक ऐनमा सन्तानले आफ्ना बुवाआमाका लागि आम्दानीको १० प्रतिशत खर्च गर्नुपर्ने व्यवस्था गरिएको जानकारी दिइन्।

‘विधेयक समितिले ज्येष्ठ नागरिक नियमावलीको संशोधन पारित गरिसकेको छ,’ उनले भनिन्, ‘अब संसद्बा६ यो ऐन जारी हुन्छ।’

सरकारले छोराछोरी वा हकवालाले आफ्नो औपचारिक वा अनौपचारिक जुनसुकै क्षेत्रबाट हुने कमाइको १० प्रतिशत रकम आफ्नो बुबा आमालाई दिनैपर्ने व्यवस्था गर्न लागिएको उनले बताइन्।

-Google Ads-

उनले भनिन्, ‘संविधानले दिएको हकलाई अब ज्येष्ठ नागरिकले उपभोग गर्न पाउनुहुने छ।’

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement

सिफारिस

स्वदेशमै बसौं कि विदेश जाऊँ?

आज गणेश चतुर्थी पर्व

भदौ २२ गते शनिवारको भाग्यफल

spot_img