Saturday, November 2, 2024
समाजदुहवीका युवकको विराटनगरमा हत्या

दुहवीका युवकको विराटनगरमा हत्या

spot_img

सुनसरी | सुनसरीको दुहवी घर भएका एक जना युवकको विराटनगरमा हत्या भएको छ ।

सुनसरीको दुहवी नगरपालिका–१२ का २३ वर्षीय अक्लेशकुमार यादवको हत्या भएको हो । मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार अक्लेश विराटनगर महानगरपालिका–४ इक्राहीस्थित रामलोचन यादवको घरमा पाहुना आएका थिए । रामलोचन अक्लेशका ठुलोबुवा रहेको प्रहरीले जनाएको छ । ठुलीआमाकी छोरी ९बहिनीको बिहेमा आएका बेला विराटनगर–४ का २४ वर्षीय गणेश यादवले चक्कु प्रहार गरेर अक्लेशको हत्या गरेको बस्नेतको भनाइ छ ।

अक्लेशका ठुलोबुवा रामलोचन र गणेश छिमेकी हुन् । बिहेको कार्यक्रम सकिएपछि गणेश र अक्लेशबीच सामान्य विवाद र भनाभन भएको पाइएको छ । उनीहरु बीचमा भएको विवादको कारण भने पत्ता लाग्न बाँकी छ ।

विवादपछि मोटरसाइकल चढेर आफ्नो घरतर्फ जाने तयारी गरिरहेका अक्लेशलाई बुधबार राति १० बजेतिर गणेशले चक्कु प्रहार गरेको प्रहरीले जनाएको छ । चक्कु प्रहारबाट बायाँ कोखामा चोट लागेर अवस्था गम्भीर बनेका अक्लेशलाई उद्धार गरी उपचारका लागि नोबेल शिक्षण अस्पताल पुर्याइएको थियो ।

अक्लेशको उपचारकै क्रममा बिहीबार अक्लेशको मृत्यु भएको हो । घटनामा संलग्न गणेश फरार छन् । फरार रहेका उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । अक्लेशको शवलाई पोस्टमार्टमका लागि कोशी अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement
spot_img
spot_img

सिफारिस

spot_img