Friday, December 6, 2024
समाजमकवानपुरमा जंगली च्याउको कहर: एक हप्तामा तीनको मृत्यु, १९ जना बिरामी

मकवानपुरमा जंगली च्याउको कहर: एक हप्तामा तीनको मृत्यु, १९ जना बिरामी

हेटौँडा | वर्षायाम सुरु भएसँगै गाउँघरमा जंगलबाट च्याउ खोजेर ल्याउने र खाने चलन छ । जंगलमा त्यस्ता थुप्रै प्रजातिका खानयोग्य र स्वादिलो च्याउहरू पाइन्छ।

पुरानो रूखको ठुटो, पत्कर वा खुला चौरमा च्याउ उम्रिन्छ । धेरैजसो त बाबुबाजेका पालादेखि नै पहिचान गरी खाँदै आएका जंगली च्याउ खोजेर खाने गरिन्छ । तर, कतिपयले भने खान योग्य च्याउ पहिचान गर्न सक्दैनन् । यसरी जथाभावी च्याउ खाँदा मकवानपुर जिल्लामा एक हप्ताको अवधिमा तीन जनाको मृत्यु भएको छ भने १९ जना बिरामी परेका छन्।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार यो घटना राक्सिराङ, कैलाश र मकवानपुरगढी गाउँपालिकाहरूमा भएका हुन् ।जंगलबाट ल्याएको च्याउ पकाएर खाँदा मकवानपुरको फरक फरक स्थानमा बिरामी परेका १९ जना मध्य ३ जनाको मृत्यु भएको खबर प्रहरीले सार्वजनिक गरेको छ ।

असार ३ यता च्याउ खाँदा मृत्यु हुनेमा कैलाश गाउँपालिका-९ नामटारका ४ वर्षीय दिपेश लामा, सोही गाउँपालिकाकी २५ वर्षीया निरुमाया रुम्बा, राक्सिराङ गाउँपालिकाका ५५ वर्षीय बलबहादुर प्रजा रहेका छन् । तीनै जनाको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार, बलबहादुर प्रजाका परिवारका अन्य चार सदस्यहरू पनि बिरामी परेका छन् भने राक्सिराङ गाउँपालिका ४ जना, मकवानपुरगढी गाउँपालिकाका ८ जना र कैलाश गाउँपालिकाका ३ जना जंगली च्याउ खाएर बिरामी परे । मकवानपुरगढी गाउँपालिकाका ८ जना भने उपचारपछि घर फर्किएका छन् । अन्य बिरामीको उपचार भैरहेको प्रहरीले जनाएको छ ।

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement
spot_img
spot_img

सिफारिस

spot_img
spot_img