समाजओखलढुंगामा पहिरोमा पुरिएर एकजनाको मृत्यु, दुई घाइते

ओखलढुंगामा पहिरोमा पुरिएर एकजनाको मृत्यु, दुई घाइते

ओखलढुंगा | ओखलढुंगामा पहिरोले पुरिएर एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् ।

चिसंखुगढी गाउँपालिका- ५ थुम्कीमा आज बिहान पहिरोले घरगोठ पुरिँदा ३५ वर्षीया देवकुमारी खत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।

पहिराेमा परी देवकुमारीका श्रीमान् ३९ वर्षीय बाबुराम खत्री र छोरी १८ वर्षीया मेनुका गम्भीर घाइते भएका छन् ।

प्रहरी चौकी सेर्नाबाट खटिएको प्रहरी टोली र स्थानीयको सहयोगमा दुवैजनाको उद्धार गरिएको हो । उनीहरूलाई उपचारका लागि अस्पताल लगिएको छ । पहिरोले एकतले घर र गोठ पुरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img