Saturday, June 14, 2025
समाजमोरङमा सर्पको टोकाइबाट १० वर्षीया बालिकाको मृत्यु

मोरङमा सर्पको टोकाइबाट १० वर्षीया बालिकाको मृत्यु

spot_img

मोरङ | मोरङको बेलबारी नगरपालिका वडा नं. ४ मा एक दुःखद घटना भएको छ। स्थानीय निवासी १० वर्षीया भूमिका कार्कीको सर्पको टोकाइबाट मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार, आज बिहान ओछ्यानको कपडा मिलाउँदै गर्दा अचानक कुनै जीवले टोकेपछि बालिका चिच्याउँदै बाहिर निस्किएकी थिइन्। परिवार र छिमेकीहरूले तत्काल उनलाई बेलबारीस्थित बेतना सर्पदंश उपचार केन्द्रमा लगेका थिए।

-Ads-

बेतना केन्द्रमा उपचार सम्भव नभएपछि भूमिकालाई विराटनगरको कोशी अस्पताल लगिएको थियो। तर, दुर्भाग्यवश, कोशी अस्पताल पुग्नासाथ चिकित्सकहरूले उनलाई मृत घोषणा गरे।

कोशी अस्पतालका चिकित्सकहरूले प्रारम्भिक जाँचमा विषालु सर्पको टोकाइबाट मृत्यु भएको मौखिक जानकारी दिएका छन्। यसैबीच, बालिकाको घरमा एउटा गोमन सर्प फेला परेको र स्थानीयहरूले त्यसलाई मारेको जानकारी पनि प्राप्त भएको छ।

spot_img
spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
spot_img
ताजा
सिफारिस
बिज्ञापन

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

spot_img
spot_img