Friday, January 17, 2025
समाजसुनसरीमा एक वर्षमा १३ हजारले लिए राहदानी

सुनसरीमा एक वर्षमा १३ हजारले लिए राहदानी

इटहरी | सुनसरी जिल्ला प्रशासन कार्यालयले आर्थिक वर्ष २०८०/८१ मा उल्लेखनीय संख्यामा राहदानी र नागरिकता वितरण गरेको छ। प्रशासनका अनुसार एक वर्षको अवधिमा १३ हजार ७ सय ७१ राहदानी वितरण गरिएको छ, जुन मासिक औसतमा ११ सय ५० भन्दा बढी हो।

यस अवधिमा कुल १७ हजार ४ सय ८० राहदानीका लागि निवेदन प्राप्त भएको थियो, जसमध्ये ५८ वटा राहदानी विभागमा सिफारिस गरिएको छ। प्रशासनले वैदेशिक रोजगारी र अध्ययनका लागि विदेश जाने उद्देश्यले राहदानी बनाउनेको संख्या बढेको जनाएको छ।

साथै, प्रशासनले यस आर्थिक वर्षमा १५ हजार ५ सय २४ थान नयाँ नागरिकता जारी गरेको छ। प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीका अनुसार यो संख्या साउनदेखि असार मसान्तसम्मको हो। यसैगरी, १३ हजार ७ सय ३३ व्यक्तिले नागरिकताको प्रतिलिपि लिएका छन्।

कानूनी क्षेत्रमा, प्रशासनमा यस अवधिमा ४ हजार मुद्दा दर्ता भएका छन्, जसमध्ये ३ सय ४४ मुद्दा फछ्र्यौट भएका छन्।

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement

सिफारिस

spot_img