हेटौँडा | हेटौँडा-८, कमानेमा सोमबार बिहान एक स्कूल बसले ठक्कर दिँदा ७५ वर्षीया पैदलयात्री घाइते भएकी छिन्। जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार घटना बिहान ८ बजे भएको हो।
कमानेको भित्री सडक खण्डस्थित मिलनचोक नजिक माउण्ट एभरेष्ट बोर्डिङ स्कूलको बस (नम्बर: ना १ क ६५३२) ले स्थानीय निवासी पूर्णकुमारी थापालाई ठक्कर दिएको थियो। थापाको निधार, हात र खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ ।
घाइते थापालाई उपचारका लागि हेटौँडा अस्पताल लगिएको छ र उनको अवस्था मध्यम रहेको बताइएको छ। प्रहरीले बस र बस चालक ५० वर्षीय इन्द्र बहादुर थापा क्षेत्रीलाई नियन्त्रणमा लिएको छ ।