Sunday, July 20, 2025
समाजकेवल तीन बत्ती बाल्ने घरमा ८ लाखको बिल आएपछि..

केवल तीन बत्ती बाल्ने घरमा ८ लाखको बिल आएपछि..

spot_img

हेटौँडा | बागमती गाउँपालिका–२ का गणेश बहादुर राई अहिले मानसिक तनावमा छन्। कारण – उनको साधारण घरमा नेपाल विद्युत प्राधिकरणले ८ लाख रुपैयाँको बिजुलीको बिल पठाएको छ।

राईको घर टायलको छाना र बाँस बेरेर लिपेर बनाईएको साधारण छ। उनले केवल तीन वटा बत्ती मात्र बाल्दै आएका छन्। घरमा टिभी, पंखा वा फ्रिज जस्ता विद्युतीय उपकरणहरू छैनन्। सामान्यतया उनको मासिक बिजुली खपत एक युनिटको हाराहारीमा हुने गर्थ्यो।

- Advertisement -

तर केही दिन अघि मिटर रिडरले ल्याएको बिलमा ८ लाख रुपैयाँको रकम देखेपछि राई आत्तिए। उनले मिटर रिडरलाई अब बिजुली नै प्रयोग नगर्ने बताए।

नेपाल विद्युत प्राधिकरण हेटौंडा वितरण केन्द्रका प्रमुख शिवराम मिश्रले यो गल्ती भएको स्वीकारेका छन्। उनका अनुसार मिटर रिडरले गलत नम्बर टिप्दा वा गलत पोस्टिङ गर्दा यस्तो हुन सक्छ। प्राधिकरणले समस्याको कारण पत्ता लगाउँदै छ।

राईले संशोधन फारम भरिसकेपछि उक्त ८ लाख रुपैयाँ तिर्नु नपर्ने मिश्रले बताए। फापरबारी वितरण केन्द्रका लेखापालले पनि राईको मिटरबाट हालसम्म मासिक एक युनिट मात्र महसुल उठ्ने गरेको पुष्टि गरेका छन् ।

यस घटनाले विद्युत प्राधिकरणको कार्यप्रणालीमा सुधार गर्नुपर्ने आवश्यकता देखाएको छ। साथै, यस्ता गल्तीहरूले सर्वसाधारणलाई पार्ने मानसिक तनाव र असुविधाप्रति पनि ध्यान दिनुपर्ने देखिन्छ।

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
ताजा
सिफारिस
बिज्ञापन

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

spot_img