Thursday, March 20, 2025
समाजभैँसीले हान्दा बाघ मर्‍यो

भैँसीले हान्दा बाघ मर्‍यो

हेटौँडा |  मकवानपुरको मनहरी गाउँपालिका-६ प्रतापपुरस्थित बलबहादुर राईको भैँसीगोठमा एक बाघ मृत अवस्थामा फेला परेको छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार गोठमा बाँधिएको भैँसी घाइते अवस्थामा भेटिएको छ। प्रारम्भिक अनुसन्धानबाट भैँसीले हान्दा बाघको मृत्यु भएको देखिएको प्रहरीले जनाएको छ।

घटनाको जानकारी पाएपछि बिहानै पर्सा बन्यजन्तु आरक्षण सुरक्षाका लागि खटिएको मध्यवर्ती क्षेत्र पदमपोखरी सेक्टर लामीटार ब्यारेकबाट नेपाली सेनाको टोली घटनास्थल पुगेको थियो।

सेना र प्रहरीसहितको टोलीले अनुसन्धान गर्दा मृत बाघ बुढो रहेको र भैँसीले हान्दा मृत्यु भएको निष्कर्ष निकालेको छ।

मृत बाघलाई चितवन राष्ट्रिय निकुन्ज सुरक्षार्थ सेक्टर सौराह ब्यारेकबाट खटिएको नेपाली सेनाको टोलीले लगेको मकवानपुर प्रहरीले जानकारी दिएको छ।

spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

ताजा
सिफारिस
बिज्ञापन

spot_img