Wednesday, February 12, 2025
राजनीतिप्रधानमन्त्रीले भने : घाटामा जाने उद्योगहरू नचलाउनुस्

प्रधानमन्त्रीले भने : घाटामा जाने उद्योगहरू नचलाउनुस्

काठमाडौं | प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले चलाएका कुनै पनि उद्योग र संस्थान घाटामा जान नहुने बताएका छन्।

सरकारी कार्यालयमा आयोजित एक ब्रिफिङमा प्रधानमन्त्री ओलीले भनेका छन्, “नचल्ने र घाटामा जाने उद्योग चलाउन बल नगरौँ। डुब्ने र प्रतिफल नदिने उद्योग नचलाऔँ।”

उनले उद्योगका लागि सडक, बिजुली लगायतका पूर्वाधारहरू तयार भइसकेकाले अब औद्योगिकीकरणमा लाग्न आग्रह गरे। मद्यपान र धुमपानसँग सम्बन्धित उद्योगलाई भन्दा रोजगारी सृजना गर्ने र समाजलाई सभ्य तथा स्वस्थ्य बनाउने खालका उत्पादनमा जोड दिन उनले आग्रह गरे।

प्रधानमन्त्री ओलीले उद्योगका नाममा भएका बेथितिहरू रोक्न र राम्रा काम गर्नेलाई संरक्षण गर्न पनि निर्देशन दिए। खनिज र पेट्रोलियम पदार्थको अन्वेषण र उत्खनन् कार्यलाई निरन्तरता दिई यसका आधारमा विकास गर्न सकिने उद्योगको योजना ल्याउन उनले आग्रह गरे।

spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

सिफारिस