Thursday, July 17, 2025
समाज‘मान्छे मारेकै हो, तिमीहरू के गर्न सक्छौ'

‘मान्छे मारेकै हो, तिमीहरू के गर्न सक्छौ’

spot_img

काठमाडौँ | २०६४ साल चैत २७ गते, पहिलो संविधानसभा निर्वाचनको अघिल्लो दिन, रौतहटको राजपुर फरहदवा–४ मा कांग्रेस नेता मोहम्मद अफताब आलमका काका शेख इद्रिसको घरमा बम बनाउने क्रममा विस्फोट भयो। उक्त विस्फोटमा परी दुई जनाको मृत्यु भयो र २३ जना घाइते भए।

घाइतेहरूलाई उपचारको सट्टा इँटाभट्टामा जिउँदै जलाएर हत्या गरिएको थियो भन्ने आरोप कांग्रेस नेता अफताब आलम माथि लाग्यो ।  २०८१ वैशाख १३ गते, रौतहट जिल्ला अदालतका न्यायाधीश मातृकाप्रसाद आचार्यको इजलासले अफताब आलम, उनका भाइ महताब आलम, शेख सराज र बद्री सहनीलाई जन्मकैदको सजाय सुनायो। अदालतले साबिक मुलुकी ऐन २०२० अनुसार उनीहरूलाई दोषी ठहर गर्यो । मुक्ति साहले सफाइ पाए भने अन्य ६ जनाको मुद्दा मुल्तबीमा राखियो ।

- Advertisement -

जिउँदै मान्छे इँटाभट्टामा हालेर हत्या गरेको जघन्य अपराधमा कांग्रेस नेता एवं पूर्वमन्त्री अफताब आलमलाई जिल्ला अदालत रौतहटले जन्मकैद फैसला गरेको १३ महिनापछि उच्च अदालत जनकपुरको वीरगन्ज इजलासले सफाइ दिएपछि पीडित मात्रै होइन, दुनियाँ झस्किएको छ । जिल्लाले घटनाका जे–जे प्रमाणलाई आधार मानेर आलमसहित महताब आलम (भाइ), शेष सेराज र बद्री सहनीलाई जन्मकैद सुनायो, ती प्रमाणलाई ‘अनदेखा’ गरेर उच्चले चारैजनालाई सफाइ दिने फैसला गरेको देखिन्छ ।

घटनाका प्रत्यक्षदर्शी र बम विस्फोटमा घाइते भएर पनि भाग्यले जोगिएकाहरूले प्रहरीलाई दिएको बयान, घाइतेको घाउ जाँचपछि आएको फरेन्सिक रिपोर्ट, घाइतेलाई इँटाभट्टामा पुर्‍याउन प्रयोग भएको ट्रयाक्टरको पहिचान, प्रहरी इन्स्पेक्टरले नै बम विस्फोटपछि धुवाँको मुस्लो देखेकोजस्ता यथेष्ट प्रमाणलाई आधार मानेर जिल्ला अदालतले आलमसहित चारैजनालाई दोषी ठहर्‍याएको थियो । तर, उच्चले यस्ता आधारलाई प्रमाण मान्न इन्कार गर्दै जिल्लाको फैसला उल्ट्याइदियो । घटनामा प्रत्यक्ष प्रमाणहरू नष्ट गरिसकेको अवस्थामा अप्रत्यक्ष प्रमाणलाई आधार मानेर पीडितलाई न्याय दिलाउनु न्यायालयको कर्तव्य रहन्छ ।

यता अपतालमा आलम भने घटनाबारे बरबराई रहेका छन् 

ज्यान मुद्दामा जन्मकैदको सजाय उल्टी भएपछि बुधबार मात्रै कारागारमुक्त भएका मोहम्मद अफताब आलम अन्नपूर्ण न्युरो अस्पतालको आईसीयूमा भर्ना भएका छन्। मस्तिष्कघात भएपछि शुक्रबार अस्पताल भर्ना भएका आलमलाई आईसीयूमा राखेर उपचार गरिरहेको अस्पताल स्रोतले जानकारी दिएको छ। तर आलम अस्पतालमा पनि रौतहटकै राजपुर घटनाबारे बोलिरहेका छन्।

‘मान्छे मारेकै हो, तिमीहरू के गर्न सक्छौ भन्दै नर्सहरूलाई गाली गरिरहनुभएको छ। कतिजना मारेँ, कसरी मारेँ भनेर बरबराइरहनु भएको छ,’ अस्पताल स्रोतले भन्यो, ‘ब्रेन म्यापिङमा समस्या देखिन्छ।’

उपचारमा संलग्न स्रोतका अनुसार बिहान साढे १० बजेदेखि आलमको उपचार भइरहेको छ। स्वास्थ्यमा समस्या भने बिहान ७ बजेतिर नै भइसकेको थियो। नेपाली कांग्रेसका नेता एवंपूर्वमन्त्री आलमलाई उच्च अदालत, जनकपुरको वीरगन्ज इजलासले बुधबार सफाइ दिएको थियो।

रौतहट जिल्ला अदालतको फैसला अनुसार जन्मकैदको सजाय भुक्तान गरिरहेका आलमसहित ४ जनालाई नै उच्च अदालतका न्यायाधीशद्वय खुसीप्रसाद थारू र अर्जुन महर्जनको इजलासले सफाइ दिएको हो। उक्त घटना भएको हो भन्ने तथ्ययुक्त प्रमाण नदेखिएको तर्क उच्च अदालतको राय किताबमा उल्लेख गरिएको छ।

२०६४ सालको निर्वाचनमा राजपुरमा आतंक मच्चाएर चुनाव जित्न बम बनारहँदा विस्फोटमा परेका घाइतेलाई इँटा भट्टामा लगेर जलाएको आरोप उनीसहितका अभियुक्तहरूमाथि थियो।

आलमकै घरमा बम बनाउने क्रममा विस्फोट हुँदा पिन्टु भन्ने त्रिलोकप्रताप सिंह र ओसी अख्तर मियाँ घाइते भएका थिए। तर घटना दबाउन उनीहरूलाई आलमले आफ्नै इँटाभट्टाको चिम्नीमा जलाई मारेको अभियोग थियो।

उक्त घटनाको १२ वर्षपछि २६ असोज २०७६ मा मात्र उनी पक्राउ परेका थिए। तर उच्चको फैसलापछि रिहा भएका उनी मस्तिष्कघातका कारण २ दिनपछि नै अस्पताल पुगेका हुन्।

जिउँदै मान्छे इँटाभट्टामा जलाएर हत्या गरेको मुद्दा: जिल्ला अदालतले देखेका १२ आधार प्रमाण उच्च अदालतले किन देखेन?

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img