दोलखा | बागमती प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा काठमाडौंले पहिलो स्थान हासिल गरेको छ । दोलखाको चरिकोटमा आयोजित ३ दिने प्रतियोगितामा ३४ स्वर्ण पदक जित्दै काठमाडौंले पहिलो स्थान हासिल गरेको हो ।
प्रदेश खेलकुद विकास परिषद् बागमती प्रदेशको आयोजनामा भएको प्रतियोगिता अन्तर्गत काठमाडौंले ३४ स्वर्ण सहित १७ रजत र ७ कास्य पदक जितेको छ । काठमाडौं पछि ललितपुरले १३ स्वर्ण, ९ रजत र १२ कास्य पदक जित्दै दोस्रो स्थान हासिल गरेको छ ।
भक्तपुरले ५ स्वर्ण, ५ रजत र १४ कास्य पदक जित्दै तेस्रो र ४ स्वर्ण, ७ रजत र ४ कास्य पदक जित्दै चौथो स्थानमा समेटिएको छ । प्रतियोगितामा धादिङ, चितवन, काभ्रे, सिन्धुली, नुवाकोट, दोलखाले २÷२ वटा स्वर्ण पदक जितेका छन् । धादिङले २ स्वर्ण सहित ५ रजत, ११ कास्य, चितवनले २ स्वर्ण सहित ५ रजत ९ कास्य, सिन्धुलीले २ स्वर्ण सहित ३ रजत, ५ कास्य, नुवाकोटले २ स्वर्णसहित २ रजत, ४ कास्य, दोलखाले २ स्वर्ण सहित ४ कास्य पदक जितेको छ ।
रामेछापले १ स्वर्ण, ९ रजत र ४ कास्य पदक जित्दा सिन्धुपाल्चोक र रसुवा स्वर्ण पदक विहीन रहे । सिन्धुपाल्चोकले ३ रजत, ११ कास्य र रसुवाले ४ रजत पदक जितेको छ ।
प्रदेशस्तरीय प्रतियोगिताबाट छनौट हुने खेलाडीहरुले जेठको २८, २९ र ३० गते काठमाडौंमा हुने राष्ट्रिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागिता जनाउने छन् ।