समाजखोलाले बगाएका बम्जन दुई दिनपछि मृत फेला

खोलाले बगाएका बम्जन दुई दिनपछि मृत फेला

हेटौँडा । मकवानपुरगढी गाउँपालिका–२ तल्लोछापका २५ वर्षीय विनोद बम्जन खोलामा बगेको दुई दिनपछि मृत अवस्थामा फेला परेका छन्।

भदौ ६ गते दिउँसो करिब ३:३० बजे गढी–७, सुकौरा तल्लोछापस्थित पसलबाट घर फर्कने क्रममा कार्की खोलामा हालिएको ह्युमपाइप तर्दै गर्दा आकस्मिक रुपमा पानीको बहाव बढेपछि उनी बगेका थिए।

खोजतलास जारी राखेको प्रहरी टोलीले भदौ ८ गते दिउँसो १:४० बजे मनहरी गाउँपालिका–९ ज्यामिरेस्थित राप्ती खोलाबगरमा उनको शव फेला पारेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

प्रहरीले शवलाई उठाएर मुचुल्का कार्य सम्पन्न गरी हेटौंडा अस्पतालको शवगृहमा राखेको छ। अस्पतालमा पुगेकी मृतककी बहिनी सम्झना बम्जनले दाजुको सनाखत गरेकी प्रहरीले जनाएको छ।

Ads
sidebar 3 / after post

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img