राजनीतिओली सरकारले एसपीपी कार्यान्वयन गर्ने सम्झौता गरिसकेको प्रचण्डको दाबी

ओली सरकारले एसपीपी कार्यान्वयन गर्ने सम्झौता गरिसकेको प्रचण्डको दाबी

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केपी शर्मा ओली नेतृत्वको सरकार हुँदा नै स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपी) सम्झौता कार्यान्वयन भएको दाबी गरेका छन् ।

बिहीबार पेरिसडाँडामा आयोजित रितबहादुर खड्काको स्मृति सभामा प्रचण्डले सो कुरा गरेका हुन् । उनले सन् २०१९ मा ओली नेतृत्वको सरकारले एसपीपी कार्यान्वयन गर्ने सम्झौता गरिसकेको बताए ।

उनले भने – ‘बरू यो एसपिपी सम्झौता कार्यान्वयन गर्ने काम सन् २०१९ मा केपी ओली नेतृत्वको सरकारले सम्झौता गरिसकेको तथ्य इतिहासमा छ, यो कुरा हामी सबैले बुझ्न जरूरी छ’

उनले एसपीपी सम्झौताबारे अहिले भ्रम छर्ने काम मात्र भएको र यो सम्झौता गर्न तर्फ सत्ता गठबन्धन नलाग्ने पनि बताए ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img