काठमाडौं । संसद्मा अर्थमन्त्री वर्षमान पुनले पेस गरेको बजेटलाई लिएर सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)बीचको दूरी बढ्दै गएको छ । सत्तारूढ दलसँग छलफल नै नगरी बजेट ल्याएको भन्दै आलोचना गरेका एमाले अध्यक्ष केपी शर्मा ओलीले शनिबार पुनः कडा असन्तुष्टि पोखेका छन् ।
हामी सरकारमा छँदै छौं भनेर हुन्छ ? : ओली
माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष ओलीबीच असमझदारी बढ्दै गएको स्रोतको भनाइ छ । सोही कारण बजेटलाई लिएर एमाले अध्यक्ष ओलीले पार्टीका सांसदलाई बजेटको विरोध गर्न निर्देशन दिएका छन् ।
शनिबार बसेको एमाले संसदीय दलको बैठकमा ओलीले सरकारले ल्याएको बजेटमाथि असन्तुष्टि पोख्दै यही अवस्थामा स्विकार्न नसकिने संकेत दिएका छन् । बजेटको विषयमा एक–दुई जनाको मुख हेरेर कसरी सन्तोष मान्ने भन्दै उनले प्रश्न उठाएका छन् ।
ओलीले १ दुई जनाको मुख हेरेर वा हामी सरकारमा छौं भनेर सन्तोष नमान्ने टिप्पणी गरेका छन् । ‘यो बजेटमा एक÷दुई जनाको मुख हेरेर, अनि हामी सरकारमा छौं भन्दैमा अनि गरिबतिर देश गए पनि के भयो र ? हामी सरकारमा छँदै छौं भनेर हुन्छ ?’ ओलीले भने ।
आफूहरू सरकारमा हुनुको कारण देशलाई गरिबीबाट रोकेर विकासतर्फ अघि बढाउन लागिपरेको उनले स्पष्ट पारेका छन् । ‘त्यही चिज हुँदैन भने अनि सन्तोष कसरी मान्ने ? हामीले नै चलाइरहेको मन्त्रालयको कस्तो छ स्थिति ? त्यसमा कस्तो छ बजेटको विनियोजन ? त्यो पनि अलिकति हेर्नुपर्ने हुन्छ,’ उनले भने । बजेट’bout खुलेर छलफल गर्न र धारणा राख्न पनि ओलीले सांसदलाई निर्देशन दिए ।
उनले आफूहरू स्वार्थको थैलो भर्न मात्र सत्तामा नगएको पनि जिकिर गरेका छन् । प्रतिक्रियावादीले आफ्नो पार्टी’bout नयाँनयाँ हमला गरेको र अकल्पनीय कुरा सिर्जना गरेको आरोप ओलीको छ ।
‘आज बिहान मात्रै मैले एउटा मिडियामा देखेको थिएँ, केपी ओलीले ५ अर्ब खाइसक्यो, निलिसक्यो कि मुखमा मात्रै हाल्या छ कि ? तर, ५ अर्ब केपी ओलीले खायो, खाने भयो भनेर । यो हाम्राविरोधी प्रतिक्रियावादी जो देश अगाडि नबढोस् भन्ने चाहन्छन् र राष्ट्रिय शक्तिलाई कमजोर पार्न चाहन्छन् । त्यसमा उनीहरूको अर्को कुनै उपाय छैन । भ्रमको जालो फिजाइदिने, आस्था कसरी हटाइदिने, एमालेप्रतिको विश्वास कसरी हटाउन सकिन्छ ? त्यो भइरहेको छ,’ ओलीले भने ।
यसअघि गत १९ जेठमा ओलीले बजेट ल्याउनुभन्दा अघि सरकारले सत्तारूढ दलहरूसँग सल्लाहै नगरी ल्याएको आरोप लगाएका थिए । बजेटमा भएका कमीकमजोरीको खुलेर प्रश्न उठाउन सांसदलाई निर्देशन दिएका ओलीले पुनः बजेट’bout असन्तुष्टि पोख्दै स्विकार्न नसकिने जनाएका छन् ।
बजेटको निर्माण प्रक्रियामै कमीकमजोरी रहेको बताउँदै उनले त्यसैकारण यसमा गम्भीर त्रुटि देखिएको बताएका थिए । ‘यो अर्थमन्त्रीको बजेट हो कि अर्थमन्त्रीको पार्टीको हो जस्तो अलि बढ्ता देखिएको छ । रकमको बाँडफाँट पनि त्यस्तै खालको अलिबढी एकातिर ढल्किएको जस्तो देखिन्छ,’ १९ जेठको संसदीय दलको बैठकमा ओलीले भनेका थिए । यो समाचार आजको राजधानी दैनिकमा छ ।