राजनीतिसरकारको कुलमानप्रति ‘किचकिच’ राम्रो संकेत होइन : गगन थापा

सरकारको कुलमानप्रति ‘किचकिच’ राम्रो संकेत होइन : गगन थापा

काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङमाथि सरकारले देखाएको असन्तुष्टि र हस्तक्षेपप्रति आपत्ति जनाएका छन्।

शनिबार सिन्धुलीको बेलघारीमा आयोजित नेपाली कांग्रेस क्षेत्रीय सम्मेलनमा बोल्दै थापाले सरकारले घिसिङमाथि अनावश्यक दबाब सिर्जना गरिरहेको आरोप लगाए। उनले ऊर्जा मन्त्रालयले प्राधिकरणको नेतृत्वबारे अनिश्चितता देखाउँदै अनावश्यक विवाद सिर्जना गरिरहेको बताए।

“ऊर्जा मन्त्रालयअन्तर्गत विद्युत प्राधिकरण छ। मलाई बुझ्न गाह्रो भइरहेको छ— यो बदनियत हो कि व्यवस्थापनको कमजोरी? तीन–चार महिनामा सेवा निवृत्त हुने व्यक्तिलाई किन अनावश्यक रूपमा विवादमा तानिँदैछ?” थापाले भने, “सरकार एउटा व्यक्तिको पछि लागेको देखिन्छ, यस्ता किचकिचहरू उचित होइनन्।”

थापाले सरकारका मन्त्रीहरूलाई अनावश्यक विवादमा नअल्झन आग्रह गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाललाई यस्तो प्रवृत्ति रोक्न आग्रह गरे। “नचाहिने काममा कोही मन्त्री लाग्नुहुँदैन। मन्त्रीहरू गलत क्रियाकलापमा लागे भने रोक्ने जिम्मेवारी प्रधानमन्त्रीको हो।”

थापाले सरकारमा रहेका कांग्रेस मन्त्रीहरूलाई पनि प्रभावकारी काम गर्न वा कम्तीमा विवादास्पद निर्णयबाट टाढा रहन सुझाव दिए। “५० वटा राम्रो काम गरियो भने एउटा नराम्रो कामले सबैलाई ढाक्छ। त्यसैले राम्रो गर्न नसके पनि कम्तीमा नराम्रो नगर्नुस्,” उनले भने।

महामन्त्री थापाको यो टिप्पणीले सरकारले कुलमान घिसिङप्रति लिएको रवैयाबारे कांग्रेसभित्रै असन्तुष्टि बढ्दै गएको सङ्केत गर्छ।

Ads
sidebar 3 / after post

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img