राजनीतिआईजीपीबाट हटाउने निर्णयविरुद्ध सर्वोच्चमा दानबहादुर कार्कीको रिट

आईजीपीबाट हटाउने निर्णयविरुद्ध सर्वोच्चमा दानबहादुर कार्कीको रिट

काठमाडाैँ। सरकारले प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाउने निर्णय गरेपछि दानबहादुर कार्की न्यायका लागि सर्वोच्च अदालत पुगेका छन्। कार्कीले वारेसमार्फत सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेका हुन्।

​पेस गरिएको रिटमा आफूलाई प्रहरी महानिरीक्षक पदमा पुनः बहाली गर्नुपर्ने मुख्य माग गरिएको छ। सर्वोच्च अदालत प्रशासनका अनुसार प्राप्त रिट निवेदनमाथि आवश्यक अध्ययन भइरहेको छ र दर्ता प्रक्रिया टुंगिन बाँकी छ।

​सरकारले अघिल्लो दिन (बुधबार) कार्कीलाई आईजीपीको जिम्मेवारीबाट हटाएर प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारमा सरुवा गर्ने निर्णय गरेको थियो।

​सोही निर्णयसँगै सरकारले नेपाल प्रहरीको अनुसन्धान विभागमा कार्यरत अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) मनोज केसीलाई नयाँ प्रहरी महानिरीक्षक (आईजीपी) मा नियुक्त गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार