कृषीभोजपुरमा अलैँचीको मूल्य घटेपछि किसान चिन्तित

भोजपुरमा अलैँचीको मूल्य घटेपछि किसान चिन्तित

सुनसरी / भोजपुरमा अलैँचीको मूल्य घटेपछि किसान चिन्तित बनेका छन् । धान,गँहु , मकै तथा अन्नउत्पादन हुने ठाउँमा हटाएर अलैँची खेती गरिरहेका किसानले मूल्य घटेर आएपछि समस्यामा परेका छन् ।

गत वर्ष प्रतिमन रु. ४० हजार बिक्री गरेको अलैँची यस वर्ष प्रतिमन रु. २४ हजारमा मात्र बिक्री गर्न बाध्य भएपछि किसान मारमा परेका हुन् । गत वर्षको तुलनामा यस वर्ष ४० प्रतिशतको हारहारीमा मूल्य गिरावट आएको भोजपुरको टेम्केमैयुङ गाउँपालिका -५ चोलन्तीका अलैँची कृषक चक्रबहादुर विष्टले बताउनु भएको छ ।

यस वर्ष चोलन्ती गाउँमा रहेको करिब ६ सय मन अलैँची प्रतिमन रु.२४ हजारका दरले मात्र बिक्री भएको, “यस वर्षमा अलैँचीले सोचे जस्तो मूल्य विष्टले बताए ।

अलैँचीको मूल्य घटेपछि अन्य बाली हटाएर व्यावसायिक रुपमा अलैँचीको खेतीमा लागेका किसानहरु मारमा परेको उनको भनाइ छ । ”विगतमा राम्रो मूल्य पाएपछि किसानहरुले हौसिएर अलैँची खेती गरेको भए पनि अहिले निराशा रहेको बताए ।”

“अहिले अलैँचीको व्यावसायिक खेती गरेर जीवनयापन गर्ने अवस्था छैन”, उनले भने, “मैले यस वर्ष १० मन अलैँची उत्पादन गरे । त्यसको गोडमेल तथा टिप्नका लागि एक सय ५० जना बढी खेताला लगाएको, अहिलेको मूल्य हेर्दा उनीहरुलाई दिने पैसा नै नपुग्ने अवस्था रहेको छ ।

“पाँच छ वर्षअघिसम्म अलैँचीको मूल्य राम्रो थियो” “हामीले नै प्रतिमन रु एक लाख २० हजारसम्म बेचेका थियौँ तर त्यो बेला मूल्य राम्रो पाएपछि धान खेत मासेर अलैँची लगाइयो अहिले समस्या परेको र समय फेरियो अब फेरि अलैँचीको विकल्पमा अरू बाली लगाउनुपर्ने अवस्था रहेको छ ।”

मूल्यमा आउने गिरावट, अलैँचीमा लाग्ने रोग, सुक्खा खडेरीलगायत विविध कारण अलैँचीको उत्पादन घट्दै गएको स्थानीय किसान पुष्कर विष्टले बताए । कृषि ज्ञान केन्द्रका अनुसार गत वर्ष भोजपुरमा दुई सय ३२ मेट्रिक टन अलैँची उत्पादन थियो ।

अलैँचीले राम्रो मूल्य पाएपछि विदेश जान छाडेर यही व्यावसायिक खेतीमा लागेको भए पनि मूल्यमा आएको गिरावटको कारण समस्या भएको युवा अलैँची कृषक सुवास विष्टले बताए । हामी जस्ता किसानको समस्यालाई ध्यानमा राखेर सरकारले बजारीकरणमा ध्यान दिन आवश्यक रहेको उनले बताए ।

भोजपुरको दोभाने, कुदाकाउले, साम्पाङ्ग, अन्नपूर्ण, चम्पे, खावा, चोलन्ती, छिनामखु, किमालुङ वासिङ्गथर्पु, तिम्मा, हेलौछा, गुप्तेश्वर , हिलेलगायत १७ बढी ठाउँमा मुख्य रुपमा अलैँची उत्पादन हुने गर्दछ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img