Monday, January 13, 2025
कृषीसंखुवासभामा ३४ करोड बढीको सुन्तला कारोबार

संखुवासभामा ३४ करोड बढीको सुन्तला कारोबार

संखुवासभा | संखुवासभामा यो वर्ष ३४ करोड बढीको सुन्तला बिक्री भएको छ । सुन्तला उत्पादन बढेसँगै कारोबारमा पनि वृद्धि भएको हो ।

यो वर्षको हालसम्म रु ३४ करोड ८५ लाखको सुन्तला बिक्री भएको छ । पछिल्लो केही वर्षयता उत्पादनमा निरन्तर ओरालो लागेकामा यस वर्ष भने वृद्धि भएको जिल्लास्थित कृषि ज्ञान केन्द्रका प्रमुख छत्र विश्वकर्माले यावदले जानकारी दिए । जिल्लामा गत वर्ष रु १९ करोड ९३ लाख ९१ हजारको सुन्तला बिक्री भएकामा यस वर्षको हालसम्म रु ३४ करोड बढीको कारोबार भइसकेको छ ।

यो वर्ष जिल्लामा तीन हजार चार सय ८५ मेट्रिक टन सुन्तला उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । साथै एक सय १५ मेट्रिकटन किवी उत्पादन भएको छ । परियोजना कार्यान्वयन भएसँगै किसानलाई प्राविधिक सहयोग हुनुका साथै सुन्तलाका लागि उपयुक्त मौसम भएकाले पनि यसको उत्पादन बढेको प्रमुख यादवले बताए ।

उनका अनुसार जिल्लाभरि एक हजार एक सय ४८ हेक्टर खेतीयोग्य जमिनमध्ये छ सय २० हेक्टरमा सुन्तला उत्पादन हुने गरेको छ । उत्पादन भएको सुन्तला बगानबाट प्रतिकिलो रु एक सयमा बिक्री भइरहेको छ । संखुवासभाको मादी, खाँदबारी र चैनपुर नगरपालिकामा व्यावसायिक सुन्तला खेती हुने गरेको केन्द्रले जनाएको छ । यहाँ उत्पादित सुन्तला पूर्वी तराईका साथै काठमाडौँसम्म पुग्ने गर्दछ ।

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement

सिफारिस

spot_img