Saturday, June 14, 2025
अर्थ व्यापारआज दिउसाे १ बजे बजेट सार्वजनिक हुने

आज दिउसाे १ बजे बजेट सार्वजनिक हुने

spot_img

काठमाडौं | सरकारले आर्थिक वर्ष २०८१/०८१ को बजेट आज दिउँसो १ बजे ल्याउने भएको छ। अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८१/०८२ को राजस्व र व्ययको वार्षिक अनुमान पेश गर्ने छ।

अर्थमन्त्री पुनले आगामी आर्थिक वर्षका लागि करिब १८ खर्ब रुपैयाँको बजेटको सिलिङ राष्ट्रिय योजना आयोगबाट पाएका छ । कांग्रेसको अवरोधका बीच जेठ १३ गते प्रतिनिधिसभाबाट सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको थियो।

-Ads-

संघीय संसदको संयुक्त बैठकमा जेठ १५ गते नै बजेट प्रस्तुत गर्नुपर्ने संवैधानिक व्यवस्था छ।

सभामुख घिमिरेले बैठकमा सहभागीताका लागि पौने १ बजेभित्र संसद भवन प्रवेश गरिसक्नुपर्ने सांसदहरूलाई अनुरोध गरेकाे छ। बजेट भाषणपछि अपरान्ह ४ बजे प्रतिनिधिसभा बैठक बस्ने सभामुखले जानकारी गराएका थिए।

चालु आर्थिक वर्षको हालसम्म करिब ६३ प्रतिशत बजेट खर्च भएको महालेखा नियन्त्रक कार्यालयको तथ्यांक छ। यो बजेट खर्चमा चालु (सरकारी) खर्च करिब ६८ प्रतिशत र पुँजीगत खर्च करिब ४२ प्रतिशत छ। सरकारको आम्दानी वा स्रोत सुनिश्चिता करिब ६० प्रतिशत भएको छ।

खर्चको तुलनामा आम्दानी कम देखिन्छ। चालु वर्ष १७ खर्ब ५१ अर्बको बजेट आएको थियो। जसमा ११ खर्ब चालु खर्च र करिब ३ खर्ब पुँजीगत खर्च हुने सरकारको लक्ष्य छ।

spot_img
spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
spot_img
ताजा
सिफारिस
बिज्ञापन

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

spot_img
spot_img