Sunday, September 15, 2024
देशबागमती प्रदेशबागमती प्रदेशको नीति तथा कार्यक्रम २०८१/८२: समृद्धि र स्थायित्वतर्फको यात्रा

बागमती प्रदेशको नीति तथा कार्यक्रम २०८१/८२: समृद्धि र स्थायित्वतर्फको यात्रा

हेटौँडा | बागमती प्रदेश सरकारले आर्थिक वर्ष २०८०/८१ का लागि विविध क्षेत्रको समृद्धि र विकासलाई लक्ष्य गर्दै नयाँ नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। यस योजनामा शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, वन संरक्षण, र सामाजिक सशक्तिकरणलाई प्राथमिकता दिइएको छ।

यहाँ प्रस्तुत छन्, यस नीति तथा कार्यक्रमका मुख्य बुँदाहरू:

  • खानेपानी तथा सरसफाई: बहुउद्देश्यीय एकीकृत खानेपानी आयोजना सञ्चालन गरी लिफ्ट र ड्रप ट्युबवेल खानेपानी आयोजनाका लागि विद्युत सहुलियत प्रदान गरिनेछ।
  • कृषि र पशुपालन: सहकारी र कृषि समूहहरूसँग साझेदारी गर्दै उच्च पहाडी र हिमाली क्षेत्रमा चौंरी, भेडा, च्याङ्ग्रा पालनलाई प्राथमिकता दिइनेछ। दूध उत्पादन वृद्धि गर्न पशु आहार सुधार र स्थानीय तहसँग सहकार्यमा पशु नस्ल सुधार सेवा विस्तार गरिनेछ।
  • वन तथा वातावरण संरक्षण: वन अतिक्रमणको विवरण अद्यावधिक गरी पुनर्स्थापना गर्ने, वन अनुसन्धान तथा तालिम केन्द्रलाई प्रदेशस्तरीय बनाउने, र पारिस्थितिक प्रणालीको पुनर्स्थापना कार्यक्रम सञ्चालन गरिनेछ।
  • सार्वजनिक यातायात: सार्वजनिक यातायात क्षेत्रलाई समावेशी बनाउँदै व्यावसायिक महिला सवारी चालक प्रशिक्षणलाई निरन्तरता दिइनेछ।
  • आर्थिक सशक्तिकरण: स्वरोजगारमा संलग्न तथा वैदेशिक रोजगारीबाट फर्केका युवाहरूलाई उद्यमशीलतामा प्रोत्साहन गरिनेछ। गरिब परिवारको जीवनस्तर सुधार्न आयआर्जनका कार्यक्रम सञ्चालन गरिनेछ।
  • सामाजिक सशक्तिकरण: गृहिणी महिलालाई आर्थिक तथा सामाजिक रूपमा सशक्तीकरण गर्न गृहिणी महिला सशक्तीकरण कार्यक्रमलाई विस्तार गरिनेछ। यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका लागि सशक्तीकरणका कार्यक्रमहरू सञ्चालन गरिनेछ।
  • शिक्षा र अनुसन्धान: वन विज्ञान तथा वातावरण संरक्षण क्षेत्रमा अध्ययनरत विद्यार्थीहरुलाई अनुसन्धानमा प्रोत्साहित गरिनेछ। जैविक, भौतिक तथा मानवीय दृष्टिले महत्वपूर्ण जलाधार क्षेत्रहरूको संरक्षण तथा व्यवस्थापन गरिनेछ।
  • कानून प्रवर्द्धन: सबै नागरिकलाई कानूनको जानकारी पुर्याउन जनस्तरसम्म प्रचार-प्रसार गरिनेछ। साइबर सुरक्षा सचेतना अभिवृद्धि गर्दै साइबर अपराधबाट सुरक्षित गराउन नेपाल प्रहरीसँगको समन्वयमा कार्य गरिनेछ।
  • पर्यटन प्रवर्द्धन: बागमती प्रदेशका विभिन्न पर्यटकीय गन्तव्यहरूको प्रवर्द्धन गर्न पयाटन सूचना केन्द्र स्थापना गरिनेछ। कला, साहित्य, संगीत, भाषा, लिपि, बाजागाजा र नृत्यको प्रचारप्रसार माफत पर्यटन प्रवर्द्धन गरिनेछ।
  • सार्वजनिक स्वास्थ्य: विभिन्न स्वास्थ्य सेवा विस्तार र सुधार गर्न, स्थानिय स्वास्थ्य संस्था संग सहकार्य गर्दै स्वास्थ्य सेवाको पहुँचलाई बिस्तार गरिनेछ।

बागमती प्रदेशको नीति तथा कार्यक्रम २०८१/८२ ले प्रदेशको सर्वाङ्गिण विकासलाई प्राथमिकता दिएको छ। शिक्षा, स्वास्थ्य, कृषि, वन संरक्षण, सार्वजनिक यातायात, सामाजिक सशक्तिकरण, पर्यटन प्रवर्द्धन र कानूनी प्रणालीलाई मजबुत बनाउन विभिन्न कार्यक्रम र योजनाहरू अघि सारिएका छन्। यी कार्यक्रमहरूको सफल कार्यान्वयनले बागमती प्रदेशलाई आर्थिक, सामाजिक र सांस्कृतिक दृष्टिले समृद्ध बनाउन महत्वपूर्ण योगदान पुर्याउनेछ।

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement

सिफारिस

spot_img