काठमाण्डाैं। नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्यमा सामान्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ तोलामा १०० रुपैयाँ र चाँदी तोलामा ४० रुपैयाँले बढेको हो।
मूल्य वृद्धिसँगै आज छापावाल सुन प्रतितोला ३ लाख २ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन (हिजो) सुनको मूल्य तोलामा १ हजार ७०० रुपैयाँले घटेर ३ लाख २ हजार २०० रुपैयाँमा कायम भएको थियो।
त्यस्तै, चाँदीको भाउ आज बढेर प्रतितोला ४ हजार ८१५ रुपैयाँ पुगेको छ। हिजो चाँदी तोलामा ३० रुपैयाँले घट्दै प्रतितोला ४ हजार ७७५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ।




