बागमती प्रदेशमकवानपुरहेटौँडाको तुलसी मेहर माविका ८८ प्रतिशत विद्यार्थी उत्तीर्ण, उत्कृष्ट विद्यार्थी र शिक्षक...

हेटौँडाको तुलसी मेहर माविका ८८ प्रतिशत विद्यार्थी उत्तीर्ण, उत्कृष्ट विद्यार्थी र शिक्षक सम्मानित

हेटौँडा | हेटौँडाको एक प्रतिष्ठित शैक्षिक संस्था, तुलसी मेहर मेमोरियल माध्यमिक विद्यालयले गत शैक्षिक वर्षको एसईई (माध्यमिक शिक्षा परीक्षा) मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी र शिक्षकलाई सम्मान गरेको छ। हेटौँडा उपमहानगरपालिका वडा नं. १० मा रहेको यस विद्यालयले आयोजना गरेको विशेष कार्यक्रममा ४३ जना उत्तीर्ण विद्यार्थी, तिनका अभिभावक र उत्कृष्ट प्रदर्शन गर्ने ८ जना शिक्षकलाई सम्मान गरिएको हो।

यस वर्षको एसईई परीक्षामा विद्यालयबाट कुल ४९ विद्यार्थी सहभागी भएकोमा ४३ जना अर्थात् ८८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्। जसमा ९ जना विद्यार्थीले ए प्लस ग्रेड, १३ जनाले ए ग्रेड, १२ जनाले बी प्लस ग्रेड र ९ जनाले बी ग्रेड प्राप्त गरेका छन् । सोही अवसरमा हेटौँडा उपमहानगरपालिका वडा नं. १० का अध्यक्ष फुर्वा दोर्जे लामाको प्रमुख आतिथ्यता र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष आशिष श्रेष्ठको अध्यक्षतामा भएको कार्याक्रममा विषयगत रूपमा उत्कृष्ट प्रदर्शन गर्ने शिक्षकहरूलाई विशेष पुरस्कार प्रदान गरिएको थियो।

जसमा कम्प्युटर विषयका शिक्षक सुरेन्द्र गौतमको मार्गदर्शनमा ३१ जना विद्यार्थीले ए प्लस र ९ जनाले ए ग्रेड प्राप्त गरे। गणित विषयका शिक्षक देवेन्द्र चापागाईंको प्रयासमा अनिवार्य गणितमा ८ जना विद्यार्थीले ए प्लस र ११ जनाले ए ग्रेड प्राप्त गरे भने ऐच्छिक गणितमा १३ जनाले ए प्लस र २ जनाले ए ग्रेड हासिल गरे। अंग्रेजी विषयका शिक्षक कमल नेपालको शिक्षण कौशलको फलस्वरूप ३ जना विद्यार्थीले ए प्लस र २२ जनाले ए ग्रेड प्राप्त गरे। यसका साथै, शिक्षक प्रतिमा बुढाथोकी, आयुष देवकोटा, पवन त्रिपाठी र सन्दीप न्यौपानेलाई नगद पुरस्कार सहित सम्मान गरिएको थियो।

कार्यक्रममा बोल्दै विद्यालयका प्रधानाध्यापक रघु खराल आगामी वर्षहरूमा अझ उत्कृष्ट नतिजा ल्याउने लक्ष्य राखेको बताए। उनले थप जानकारी दिँदै भने, “हामी विद्यार्थीहरूको उज्ज्वल भविष्यका लागि निरन्तर प्रयासरत छौं। यसै क्रममा, हाम्रै संस्था नारायणी कलेजमा विज्ञान र व्यवस्थापन विषयमा भर्ना खुला गरिएको छ।”

प्रधानाध्यापक खरालले विद्यार्थीहरूलाई आकर्षित गर्न विशेष छुट योजनाको घोषणा गरे। उनका अनुसार, तुलसी मेहर मेमोरियल माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई ५० प्रतिशत भर्ना शुल्क छुट दिइनेछ। साथै, असार महिनाभित्र भर्ना हुने अन्य विद्यार्थीहरूलाई ५ हजार रुपैयाँसम्मको छुट प्रदान गरिने उनले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

Ads
Sidebar 3

ताजा समाचार

spot_img