Saturday, May 24, 2025
निर्वाचनसमानुपातिकतर्फको पछिल्लो मतपरिणाम - एकीकृत समाजवादी अझै कटाउन सकेन ३% मत
spot_img

समानुपातिकतर्फको पछिल्लो मतपरिणाम – एकीकृत समाजवादी अझै कटाउन सकेन ३% मत

spot_img

काठमाडौं । मंसिर ४ गते भएको प्रतिनिधि सभाको निर्वाचनमा समानुपातिक प्रणाली अन्तर्गत भएको मतगणना लगभग सकिएको छ। अब विभिन्न कारणले रोकिएको ठाउँका मतगणना मात्रै बाँकी रहेको निर्वाचन आयोगले जनाएको छ।

हालसम्म गणना भएको सदर १ करोड ४ लाख २० हजार १२५ मतमध्ये सबै भन्दा बढी नेकपा एमालेले २७ लाख ८८ हजार ३५६ अर्थात २६.७६ प्रतिशत मत पाएको छ। 

यस्तै प्रत्यक्षतर्फ सबैभन्दा बढी सिट जितेको नेपाली कांग्रेसले २६ लाख ६० हजार २४६ अर्थात २५.५३ प्रतिशत मत पाएको छ। तेस्रोमा रहेको नेकपा (माओवादी केन्द्र)ले ११ लाख ६२ हजार १२४ अर्थात मत अर्थात ११.१५ प्रतिशत मत प्राप्त गरेको छ।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख २४ हजार ५४३ अर्थात १०.७९ प्रतिशत मत पाएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ८६ हजार ६३८ अर्थात ५.६३ प्रतिशत मत पाएको छ।

जनता समाजवादी पार्टीले ४ लाख २० हजार ९४६ अर्थात ४.०४ प्रतिशत मत पाएको छ। यस्तै सिके राउत नेतृत्वको जनमत पार्टीले ३ लाख ९४ हजार५२३ अर्थात ३.७९ प्रतिशत मत पाएर राष्ट्रिय पार्टी बनेको छ।

कूल खसेको सदर मतको तीन प्रतिशतभन्दा बढी मत पाउने राजनीतिक दलले राष्ट्रिय दलको मान्यता पाउने कानुनी प्रावधान छ।  यता नेकपा (एकीकृत समाजवादी)ले हालसम्म २ लाख ९४ हजार ३६२ अर्थात २.८२ प्रतिशत मत पाएको छ।

यस्तै नागरिक उन्मुक्ति पार्टीले २ लाख ७१ हजार ६६२, लोकतान्त्रिक समाजवादी पार्टीले एक लाख ६७ हजार २८१ मत पाएका छन्। बाँकी दलहरूले १ लाख मत कटाउन सकेका छैनन्। प्रत्यक्षतर्फ १ सिट जितेको नेपाल मजदुर किसान पार्टीले ७५ हजार ५६, र राष्ट्रिय जनमोर्चाले ४६ हजार तीन सय ८१ मत प्राप्त गरेको छ।

spot_img
spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
spot_img
spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img
spot_img
spot_img