Thursday, May 15, 2025
कृषीकिसानलाई मल पाउन सकस, कृषि मन्त्रालय भन्छ ४२ हजार ९८३ टन मल...
spot_img

किसानलाई मल पाउन सकस, कृषि मन्त्रालय भन्छ ४२ हजार ९८३ टन मल मौज्दात छ

spot_img

काठमाडौँ — एकातिर आलु लगाउने बेला मल पाउन सकस भैरहेको किसान बताउछन भने र्अकोतिर ४२ हजार ९८३ टन मल मौज्दात छ भन्दैछ कृषि मन्त्रालय ।

सरकारले हाल ४२ हजार ९८३ टन मल मौज्दात रहेको जानकारी दिएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार युरिया, डीएपी र पोटास गरी कृषि सामग्री कम्पनीसँग ३५ हजार ४४९ टन र साल्ट ट्रेडिङसँग ७ हजार ५३४ टन मल मौज्दात छ ।

चालु आर्थिक वर्षमा हालसम्म ८६ हजार २४६ टन मल बिक्री भइसकेको पनि मन्त्रालयले जनाएको छ । त्यस्तै १५ हजार टन युरिया आयात भइरहेको र केही दिनमै नेपाल आइपुग्ने मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार ३० हजार टन युरिया पुसको पहिलो साता नेपाल आइपुग्नेछ, यो परिमाणको हाल बोरा प्याकिङ भइरहेको छ ।

चालु आर्थिक वर्षमा हालसम्म २ लाख ५७ हजार टन रासायनिक मल खरिदको लागि टेन्डर आह्वान (जीटूजी समेत) भएकोमा १ लाख १० हजार टन आयात भइसकेको मन्त्रालयको भनाइ छ । एक विज्ञप्ति जारी गर्दै मन्त्रालयले भनेको छ ‘टेन्डर भएर आयात हुन बाँकी मल फागुन महिनासम्म नेपाल आइपुग्ने कृषि सामग्री र साल्ट ट्रेडिङले जानकारी दिएका छन् ।’

spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img
spot_img