देशसुदूरपश्चिम प्रदेशबडीमालिकामा भारी हिमपात,दुई पर्यटक सम्पर्कविहीन

बडीमालिकामा भारी हिमपात,दुई पर्यटक सम्पर्कविहीन

बजुरा । बाजुराको प्रसिद्ध धार्मिक तथा पर्यटकीय क्षेत्र बडीमालिका पुगेका कञ्चनपुरका दुई पर्यटक भारी हिमपातपछि सम्पर्कविहीन भएका छन्। बडीमालिका भगवतीको दर्शन र भ्रमणका लागि पुगेका कञ्चनपुरको बेदकोट नगरपालिका (दैजी) का २० वर्षीय मनिष बोहरा र कृष्णपुर नगरपालिका–२ का २१ वर्षीय सागर कार्की सम्पर्कविहीन भएका हुन्।

​गत कात्तिक ९ गते सदरमुकाम मार्तडीबाट ५ जनाको टोली बडीमालिकातर्फ गएको थियो। टोलीका अन्य तीन जना फर्किसकेका छन्। ४ हजार २ मिटरको उचाइमा रहेको बडीमालिकाबाट फर्कने क्रममा शुक्रबार मनिष सम्पर्कविहीन भएका थिए भने उनका साथी सागरसँग पनि गएरातिदेखि सम्पर्क हुन छाडेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।

​अन्तिम पटक फोन सम्पर्क हुँदा सागरले साथी हराएको र आफू त्रिवेणी पाटनमा रहेको जानकारी दिएका थिए। त्यसपछि भारी हिमपातका कारण दुवै जनाको मोबाइल बन्द भएको प्रहरीको अनुमान छ।

​जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी एवं प्रहरी निरीक्षक नरेशबहादुर शाहीका अनुसार अत्यधिक हिमपातका कारण उनीहरू उच्च पहाडी क्षेत्रमै अलपत्र परेको हुनसक्छ। सम्पर्कविहीन दुवै जनाको खोजी तथा उद्धारका लागि प्रहरी टोली बडीमालिकातर्फ पठाउने तयारी भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार