अन्तर्राष्ट्रियअमेरिकाले सर्त स्वीकार गरे हर्मुज जलमार्ग खोल्न इरान तयार

अमेरिकाले सर्त स्वीकार गरे हर्मुज जलमार्ग खोल्न इरान तयार

काठमाडाैँ । अमेरिकाले आफ्ना सर्तहरू स्वीकार गरेमा अवरुद्ध हर्मुज जलमार्ग पुनः खोल्न इरान तयार भएको छ। कतारको मध्यस्थतामा यस विषयमा दुई देशबीच वार्ता भइरहेको इरानका विदेशमन्त्री अब्बास अराघचीले जानकारी दिएका छन्।

​कूटनीतिक संवाद चलिरहँदा अमेरिकाको शैलीमा केही परिवर्तन देखिएको इरानले जनाएको छ। इरानका सुरक्षा प्रमुख मोहसेन रेजाईले अमेरिकी उपराष्ट्रपति जेडी भान्सले पठाएको पत्रको समीक्षा भइरहेको र त्यसलाई इरानले सकारात्मक रूपमा लिएको बताएका छन्।

​यता अमेरिकी विदेशमन्त्री मार्को रुबियोले पनि राष्ट्रपति डोनाल्ड ट्रम्प सैन्य आक्रमणभन्दा कूटनीतिक माध्यमबाट समस्या समाधान गर्न इच्छुक रहेको बताएका छन्। ट्रम्पले इरानमाथि थप सैन्य कारबाही गर्नेबारे हालसम्म कुनै निर्णय नगरेको रुबियोको भनाइ छ।

​संवादका सङ्केतहरू देखिए पनि मध्यपूर्वमा सैन्य सतर्कता भने कायमै छ। इरानका सर्वोच्च नेता मोज्तबा खामेनीले अमेरिकी तथा इजरायली सम्भावित खतराको सामना गर्न आफ्ना सैन्य कमान्डरहरूलाई निर्देशन दिइसकेका छन्।

​विश्वव्यापी ऊर्जा आपूर्तिको प्रमुख समुद्री मार्ग हर्मुज जलमार्ग खोल्ने विषयमा हुने आगामी वार्ताले मध्यपूर्वको सुरक्षा र विश्व अर्थतन्त्रमा महत्त्वपूर्ण प्रभाव पार्ने देखिन्छ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार