राजनीतिपालिका चुनावका लागि उम्मेदवार छान्न रास्वपाको आवेदन खुला

पालिका चुनावका लागि उम्मेदवार छान्न रास्वपाको आवेदन खुला

काठमाडाैँ ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तह निर्वाचनका लागि उम्मेदवार बन्न इच्छुक व्यक्तिहरूबाट औपचारिक रूपमा आवेदन आह्वान गरेको छ। महामन्त्री एवम् उम्मेदवार छनोट रूपरेखा कार्यान्वयन तथा समन्वय समितिका संयोजक विपिनकुमार आचार्यको अध्यक्षतामा बसेको बैठकले महानगरपालिका र उपमहानगरपालिकाका वडाध्यक्ष तथा वडा सदस्य पदका लागि आवेदन खुलाउने निर्णय गरेको हो।

​उम्मेदवार बन्न योग्य इच्छुक व्यक्तिहरूले पार्टीको ‘क्यान्डिडेट क्लब’ मार्फत आवेदन दिन सक्नेछन्। उम्मेदवार छनोट प्रक्रियालाई निष्पक्ष र वैज्ञानिक बनाउन रास्वपाले सात वटा विशेष उपसमितिसमेत गठन गरेको छ।

​जसअनुसार ‘क्यान्डिडेट क्लब’ को संयोजकमा कविन्द्र बुर्लाकोटी, प्रविधि उपसमितिमा सुशान्त वैदिक, गुनासो समन्वयमा जनकसिंह धामी र समावेशिता तथा महिला सहभागिता उपसमितिमा डा. तोशिमा कार्कीलाई जिम्मेवारी दिइएको छ।

​पार्टी प्रवक्ता जगदीश खरेलका अनुसार ‘स्थानीय तह उम्मेदवार छनोट रूपरेखा २०८३’ बमोजिम अब नेताको तजविजमा नभई वैज्ञानिक पद्धतिका आधारमा उम्मेदवार चयन गरिनेछ। जसका लागि लिडरशिप एकेडेमीको प्रशिक्षण, पोलिटिकल प्रोक्सिमिटी, समावेशिता र पार्टी सदस्यहरूको अनलाइन प्रारम्भिक मतदान (प्राइमरी) लाई मुख्य आधार र भाराङ्क मानिनेछ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार