काठमाडाैँ । नागरिकको सुरक्षा र सम्मानलाई सधैँ सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गर्नुभएकाे छ। गृह मन्त्रालयमा दर्ज्यानी चिह्न ग्रहण गरेपछि सम्बोधन गर्दै उनले संविधान र कानुनप्रति अविचलित रहँदै सङ्गठनको मर्यादा र निष्पक्षतामा कुनै सम्झौता नगर्ने उद्घोष गरेका हुन्।
नागरिकसँगको सम्बन्ध नै प्रहरीको मुख्य पुँजी रहेको उल्लेख गर्दै आईजीपी केसीले सेवा प्रवाहको शैलीमा सुधार ल्याउनुपर्ने बताए। “आजैदेखि हामी सबै मिलेर कर्तव्यबाट सेवा प्रवाहसम्मको यात्रा सुरु गरौँ, जहाँ नागरिकले प्रहरी देख्दा डर होइन, भरोसा महसुस गरून्,” उनले भने, “प्रत्येक प्रहरीले आफ्नो बर्दीमा गर्व गर्न सकोस्।”
प्रहरी कर्मचारीका गुनासा सम्बोधन गर्न आफ्नै सचिवालयमा तत्काल उच्चस्तरीय संयन्त्र सुरु गर्ने उनले घोषणा गरेका छन्। सीमित स्रोतसाधन, भवनको अभाव, लामो कार्यघण्टा, सरुवा–बढुवामा निष्पक्षता र मानसिक स्वास्थ्यलगायतका समस्या समाधान गर्न आफू गम्भीर रूपमा लाग्ने उनको प्रतिबद्धता छ।
त्यस अवसरमा प्रहरी महानिरीक्षक केसीले सङ्गठनलाई दलीय प्रभावबाट मुक्त राख्न राजनीतिक दलहरूको सहयोगको अपेक्षा गर्दै आवश्यक स्रोतसाधन, कानुनी स्पष्टता र कार्यगत स्वायत्तताका लागि सरकारसँग आग्रह गरेका छन्।


