Wednesday, June 25, 2025
स्वास्थ्यभाइरस संक्रमणको ग्राफ उकालो

भाइरस संक्रमणको ग्राफ उकालो

spot_img

काठमाडौं । कोरोना भाइरसको संक्रमण एक हप्तादेखि उकालो लागेको छ ।

गत असार २६ गते पहिलो पटक १०० भन्दा बढी रहेको संक्रमितको सङ्ख्या आजसम्म आइपुग्दा संक्रमण ४५७ पुगेको छ ।

असार २६ गते १२१ मा संक्रमण र ६७८ सक्रिय संक्रमित रहेकोमा आज सक्रिय संक्रमित एक हजार ७७६ पुगेका छन् । आइतबार साउन १ गते र आज संक्रमणका कारणले एक÷एक संक्रमितको ज्यान गएको छ । संक्रमण असारदेखि उकालो लाग्न थालेको हो ।

असार २७ गते १६८, असार २८ गते १७७, असार २९ गते २०६ असार ३० गते २६०, असार ३१ गते २२९, असार ३२ गते २०५ र साउन १ गते १३५ मा संक्रमण देखिएको छ । शून्य दशमलव पाँच प्रतिशतमा रहेको संक्रमण अहिले ९।८२ प्रतिशत पुगेको छ ।

पाँच सयभन्दा बढी संक्रमित काठमाडौं जिल्लामा रहेका छन् । शून्य संक्रमित हुने जिल्ला पनि घटेर आठ मात्र पुगेको छ ।

spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
spot_img
spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img