Saturday, April 19, 2025
देशकोशी प्रदेशप्रदेश १ को नाम ‘किरात’ नराखिए ठूलो लडाइ हुन्छ : मुख्यमन्त्री
spot_img

प्रदेश १ को नाम ‘किरात’ नराखिए ठूलो लडाइ हुन्छ : मुख्यमन्त्री

मोरङ । प्रदेश–१ का मुख्यमन्त्री राजेन्द्र राईले प्रदेशको नाम ‘किरात’ नराखे देश विखण्डनमा पुग्नुका साथै ठूलो लडाइ पनि हुन सक्ने बताएका छन् ।

सोमबार किरात राई यायोक्खाले बुझाएको ज्ञापन पत्र बुझ्दै मुख्यमन्त्री राईले प्रदेशको नाम ‘किरात’ नराखे देश विखण्डनमा फस्ने र ठूलो लडाइ पनि हुन सक्ने बताए ।

उनले भने, ‘भोलि कुनै पनि बेला ठूला ठूला लडाइँ झगडाको अवस्था आउने मात्र होइन, भोलि देश नै विखण्डनको अवस्था आउनसक्छ ।’

मुख्यमन्त्री राईले मधेस प्रदेश राख्दा हुने तर किरात प्रदेश राख्दा किन नहुने भन्ने प्रश्नसमेत गरेका छन् । ‘मधेश प्रदेश राख्दा केही बिग्रिएको छ त ? दिँदा केही बिग्रिँदैन, तर नदिँदा यहाँ अशान्ति हुन्छ, मान्छे असन्तुष्ट हुन्छ, विद्रोहको भावना आउँछ भने त्यो किन नदिने ? त्यस्तो मूर्खता कुरा पनि गर्ने हो ?,’ उनले भने ।

प्रदेश–१ को नाम ‘किरात प्रदेश’ राख्नुपर्ने माग राख्दै विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालय घेराउ गरेको थियो । घेराउपछि यायोक्खाले मुख्यमन्त्री राईलाई भेटर प्रदेशको नाम किरात राख्न ज्ञापन पत्र बुझाएको थियो ।

प्रदेशको नाम किरात कुनै पनि हालत राख्नुपर्ने र नराखिएको खण्डमा विस्तारै आन्दोलन भुसको आगोसरी सल्किने पनि चेतावनी पनि मुख्यमन्त्री राईले दिए । पुरानो इतिहास, पुराना कागज तमसुक, पुराना ढड्डामा किरात भन्ने शब्द लेखिएकोले किरात प्रदेश न्यायोचित रहेको उनको ठहर रहेको छ ।

किरात भन्ने शब्द उहिल्यैको कागजपत्रमा रहेको र नामाकरणका विषयमा प्रदेशको नाम किरात राख्दा केही नबग्रिने उनको तर्क थियो । मुख्यमन्त्री राईले पहिचानको पक्षमा नदेखिएका समूहलाई जसरी पनि फकाउनु पर्ने पनि बताए ।

spot_img
spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img