उसले ईश्वर सँग ज्ञान माग्यो
ज्ञान माग्नु हुँदैन भन्नेहरुलेनै
कर, बल र छलले
उ सँग बाट ज्ञान आर्जन गरे
उ सँग ज्ञान मागे
उ सँग भएको सम्पुर्ण ज्ञान पाउन आतुर भए
तर उसले भगवानमा गरेको आस्थामा
ठेस पुग्यो
किनकि ईश्वरले उसलाई ज्ञान दिएन ।
ईश्वर बन्न खोज्ने पनि आए
उ सँगै ज्ञान पाउन ।
यौनावस्थामा प्राय विद्यालयमा
शिक्षकले उपनाम पाएका हुन्छन
विद्यार्थीले जिस्क्याउने
आज उसका विद्यार्थीले पनि
अदभुत कला प्रदर्शनी गरे
उसले कक्षा कोठामा पढायो
उसको ध्यान विद्यार्थीमानै थियो
उसको एउटा खल्तीमा मोबाईल थियो
उसका चतुर विद्यार्थीले
पाकेटमारलाई पनि मात खुवाउने हिसाबले
मोबाईल भएको खल्तीमा
अत्यन्त सानो चिट छोडेर गए
चिटमा अंग्रेजीमा लेखिएको थियो
“बोका”
पढाइरहेको शिक्षकको खल्तीमा
बोका लेखिएको चिट हाल्ने विद्यार्थीको
आँट कत्रो होला त
ए भाई बहिनीहरू हो
केटाहरु बोका नहुने विरलै हुन्छन
तर तिम्रो शिक्षकले
आफ्नो जीवनको
लगभग दुई वर्ष त केवल
सौन्दर्यको अध्ययनमा बिताएको थियो
तिम्रो बुबा आमाले सुन्दा पनि लजाउने
कामासुत्र पुस्तकको लेखेक हो उ
जस बाट तिमीले यस धर्तीमा पाइला टेक्यौ
तिम्रो बोली, भेष भुषा देखि तिम्रो अदाले
उसलाई घुमाउन सक्दैन
घुमाई हाले पनि
अदालतले बाल विवाह गर्न दिँदैन
समाजले त्यस्तो क्रान्ति गर्न दिँदैन
तिमीलाई घाँस काट्न आउँदैन होला
भाँडा माझ्न आउँदैन होला
लुगा धुन आउँदैन होला
त्यसैले गर्दा
उसको नजर जता भए पनि
आफ्नो नजर पुस्तकमा राख
उसले परीक्षामा सौन्दर्य र बोकापन सोध्दैन
पुस्तककै कुरा सोध्नेछ
अनि तिमी पनि पाकेटमार सरह बन्न छाडी
आफ्नो भविष्य प्रति ध्यान देऊ ।
प्रसँग पुनः बदलौं
ईश्वरले उसलाई ज्ञान दिन नसके पनि
उसले पनि विद्यार्थी जीवन भोगेको कुरा
उ सँग ज्ञान लिन आउनेले बिर्सिए
किनकि ज्ञान लिन आउनेको यादहरु
उ बाहेक कोही थिएन ।