Sunday, January 19, 2025
साहित्यम धनकी गरिब प्रीयतम ?

म धनकी गरिब प्रीयतम ?

सोमराज सार्की

म धनकी गरिब प्रीयतम
म मनकी मालिक प्रीयतम
तिमिलाइ चढाउनका लागि
म सङ्ग मोतिका वारात छैनन
तिमिलाइ सजाउनका लागि
अमुल्य जवाहरात छैनन  ।

मनमोहक गुलाफबारिबाट
रक्तिम गुलाफ टिपेर दिदैछु।
हृदयको प्रेम उत्खननबाट
मायालु चिट्ठी लेखेर दिदैछु।
अनवरत यादलाइ समेटेर
सुन्दर माला गासेर दिदैछु।

सत्य कोशेली सम्झिएर
खुल्ला भावले थापिदेउ
मन मञ्चमा स्वागत छ।
सम्मान ग्रहण गरिदेउ
गुलाफ ,चिट्ठी र माला
गोप्य गृहमा राखिदेउ ।।

  •  सोमराज सार्की इटहरी २० मा घर भई इटहरी २ मा रहेको महेन्द्र माध्यमिक विद्यालयको कक्षा १२ मा अध्यनरत विद्यार्थी हुन् ।
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement

सिफारिस

spot_img