Thursday, January 23, 2025
समाज७० अङ्क ल्याए ट्रायल पास हुने व्यवस्था गलत : राजेन्द्र पाण्डे

७० अङ्क ल्याए ट्रायल पास हुने व्यवस्था गलत : राजेन्द्र पाण्डे

काठमाण्डाै – प्रतिनिधि सभा सदस्य राजेन्द्रप्रसाद पाण्डेले यातायात व्यवस्था विभागले जारी गरेको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) परीक्षा सञ्चालन कार्यविधि निर्देशिका २०७७ गलत भएको बताएका छन् ।

बुधवार बसेको प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद पाण्डेले विभागले जारी गरेको निर्देशिकाअनुसार नेपालमा दुई खालका लाइसेन्स प्रयोगमा आउने भन्दै त्यसको विरोध गरेका हुन् । यस निर्देशिकाअनुसार मोटरसाइकल, स्कुटर, मोपेड, कार, जीप, डेलिभरी भ्यानका लागि ७० नम्बर ल्याउँदा चालक हुन पाउने र ट्रक, बस, ट्याङ्कर, एक्स्काभेटर, डोजर आदिलाई १०० नम्बर ल्याउनुपर्ने प्रावधान हुँदा दुई खालको लाइसेन्स हुने उनको भनाइ छ । त्यसो हुनु गलत भएको उनले बताए ।

सांसद पाण्डेले यस्तो प्रावधान हुनुले ४० प्रतिशत राजस्व घट्ने, कर्मचारीको तजबिजी अधिकार बढ्ने, परीक्षाका लागि कर्मचारी र लागत बढ्ने हुँदा खर्च बढ्दै जाने बताए ।

उनैल भने , ‘यो कुराले सरकार गलत बाटोमा छ र यदि लाइसेन्स दिनै मन भए यो खालको मापदण्ड परिवर्तन गर्नुपर्छ । ७० नम्बर ल्याउनेलाई नै लाइसेन्स दिन मन भए पनि रातो बत्ति बाल्दाबाल्दै गाडी क्रस गर्न पाउने व्यवस्था हुनुहुँदैन । यदि यस्तै हुने हो भने गाउँमा नागरिकता टोली आउँदा टेबल राखेर नागरिकता बाँडेझैँ बाँडिदिए भइगयो नि त । अब नेपालका लाइसेन्सहरू दुई खालका हुने भए । मोटरसाइकल, स्कुटर, मोपेड, कार, जीप, डेलिभरी भ्यानका लागि ७० नम्बर ल्याउँदा चालक हुन पाउने भयो । ट्रक, बस, ट्याङ्कर, एक्स्काभेटर, डोजर आदिलाई १०० नम्बर नै ल्याउनपर्ने भयो । उही सडकमा गुड्दा दुई खालको लाइसेन्स प्रयोग हुने भयो । दुई वटा मापदण्ड हुने भयो । यो कुराले धेरै कुरामा असर पार्न सक्छ । यसले ४० प्रतिशत राजस्व घटाउँछ । राज्यको अरू खर्च बढ्दै जान्छ । यो कार्यले झन् धेरै दुर्घटना बढाउँछ ।’

सांसद पाण्डेले यस प्रावधानले नेपालको लाइसेन्स अन्तर्राष्ट्रियस्तरमा अमान्य हुनसक्ने पनि बताए ।

spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

सिफारिस

spot_img