Thursday, January 23, 2025
देशकोशी प्रदेशमोरङको सुन्दरहरैँचा र बेलबारीमा दुईजना पुरुष मृत भेटिए

मोरङको सुन्दरहरैँचा र बेलबारीमा दुईजना पुरुष मृत भेटिए

सुनसरी / मोरङमा दुईजना पुरुष मृत भेटिएका छन् ।

सुन्दरहरैँचा नगरपालिका – ५ स्थित हसिना खोलाको बाँधको पानीमा डुबेको अवस्थामा अन्दाजी ३६ वर्षीय पुरुष मंगलबार राति मृत फेला परेका छन् ।

शरीरको आधार भाग पानीमा डुबेको अवस्थामा मृत भेटिएका हुन् ।

त्यस्तै, बेलबारी नगरपालिका- ३ स्थित पशु हटिया लाग्ने ठाउँमा अन्दाजी ७० वर्षीय वृद्ध पुरुष आज दिउँसो ३ बजेतिर मृत भेटिएका हुन् ।

उनको पहिचान भने खुल्न सकेको छैन । दुवै घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय मोरङले जनाएको छ ।

spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

सिफारिस

spot_img