सुनसरी | मोरङको सुन्दरहरैँचा नगरपालिका ९ स्थित झरना युवा क्लबको आयोजनामा विराटचोक महोत्सव २०७९ हुने भएको छ।
” युवा उद्यमशीलता, देशको आवश्यकता” भन्ने नारा सहित यहीँ फागुन ७ देखि २१ गते सम्म विराटचोक महोत्सव हुने भएको हो।
औद्योगिक उत्पादन, अटो, व्यापार, घरेलु तथा साना उद्योगका उत्पादन, स्थानीय उत्पादनका सामाग्री साथै फलफूल तथा पुष्प प्रदर्शनी राखिने भएको छ । महोत्सवमा ५० स्टल रहने संयोजक विराटचोक महोत्सव २०७९ संयोजक भविन पाण्डेले बताए ।
सामुदायिक विद्यालयमा अध्ययनरत विपन्न विद्यार्थीहरुका लागि छात्रवृत्ति एवम् पाठ्य सामाग्री वितरण गर्ने उद्देश्यले आयोजना गर्न लागिएको हो । महोत्सवमा दैनिक रुपमा स्थानीय तथा राष्ट्रिय कलाकार प्रकाश सपूत, एलिना चौहान,जिबब , नवीन के भट्टराई लगायतका कलाकारहरुको प्रस्तुति हुने कार्यक्रम आयोजकले जनाएको छ ।