Saturday, May 17, 2025
देशबागमती प्रदेशमकवानपुरमा ट्याक्टर दुर्घटना, एकको मृत्यु
spot_img

मकवानपुरमा ट्याक्टर दुर्घटना, एकको मृत्यु

spot_img

मकवानपुर । मकवानपुरको बागमती गाउँपालिका–७ स्थित धरान चतरा सडकखण्डमा आज दिउँसो ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय १७ वर्षीया किशोरी सलिना राई रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए । उनका अनुसार दिउँसो बागमती–९ स्थित बेतिनीबाट सिन्धुलीमा दुलही लिन जन्ती हिँडेको ना ७ त ८०७३ नम्बरको ट्याक्टर आफैँ अनियन्त्रित भएर दुर्घटना हुँदा राईको घटनास्थलमै मृत्यु भएको हो ।

उक्त ट्याक्टरमा सवार २१ घाइते भएका छन् । तीमध्ये सात जनाको अवस्थामा गम्भीर रहेका छन् । उनीहरूलाई उपचारका लागि हेटौँडातर्फ ल्याउँदै गरेको प्रहरी नायब उपरीक्षक कार्कीले बताए । उक्त घटनामा आवश्यक अनुसन्धान भइरहेको छ ।

spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img
spot_img