Thursday, January 23, 2025
देशबागमती प्रदेशकाठमाडौंका २० विद्यालयले नाम परिवर्तन गर्दै, कारण महानगर

काठमाडौंका २० विद्यालयले नाम परिवर्तन गर्दै, कारण महानगर

काठमाडौं | काठमाडौं महानगरपालिकाको निर्देशनअनुसार २० वटा विद्यालयले आफ्नो नाम नेपालीपन झल्कने गरी परिवर्तन गर्न प्रक्रिया अघि बढाएका छन्। तीमध्ये १८ निजी विद्यालय र दुई गुठीअन्तर्गतका विद्यालय रहेका छन्।

महानगरपालिकाले एक वर्षअघि विदेशी नाम राखेका विद्यालयहरूलाई नेपाली संस्कृति र पहिचान झल्किने गरी नाम परिवर्तन गर्न निर्देशन दिएको थियो। निर्देशनको पालना नगर्नेलाई कारबाही गर्ने चेतावनी पनि दिइएको थियो।

उक्त निर्देशनअनुसार २० विद्यालयले आफ्नो नाम परिवर्तनका लागि महानगरको शिक्षा विभागमा निवेदन दिएका छन्। महानगरले अब नाम परिवर्तनलाई आधिकारिकता दिन सूचना प्रकाशन गर्ने तयारी गरेको छ।

विद्यालयको नाम परिवर्तनको यो अभियान काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको निर्देशनअनुसार अघि बढाइएको हो। यसले नेपाली पहिचान प्रवर्द्धन गर्ने उद्देश्य लिएको महानगरले जनाएको छ।

spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

सिफारिस

spot_img