Sunday, July 20, 2025
समाजडाक्टर बनेर उपचार गर्ने बहानामा ठगी र लुटपाट गर्ने युवक पक्राउ

डाक्टर बनेर उपचार गर्ने बहानामा ठगी र लुटपाट गर्ने युवक पक्राउ

spot_img

मधेश | आफूलाई डाक्टरको रूपमा प्रस्तुत गरी ठगी र लुटपाट गर्दै आएका एक युवक पक्राउ परेका छन्। महोत्तरीको जलेश्वर नगरपालिका–२ हरिटोल स्थायी ठेगाना भई हाल ललितपुर महानगरपालिका–१७ ग्वार्को बस्ने ३० वर्षीय डा. आलोक भन्ने जितेन्द्र मण्डललाई प्रहरीले पक्राउ गरेको हो।

जितेन्द्रले आफूलाई डा. आलोक पाण्डे भनेर सामाजिक सञ्जालमा नक्कली आइडी बनाएका थिए। उक्त आइडीमार्फत उनले विभिन्न व्यक्तिहरूसँग चिनजान गरी ‘सुगर रोगको उपचार गर्छु’ भन्दै बिरामीको घरमा गएर औषधि खुवाई बेहोस बनाउने र त्यसपछि लुटपाट गर्ने गर्थे।

- Advertisement -

ललितपुरमा एक व्यक्तिको घरमा उपचारका लागि पुगेका मण्डलले बिरामीलाई औषधि दिएर बेहोस बनाएर सुन, चाँदीका गरगहनाहरू र नगद तीन लाख रुपैयाँ चोरी गरेको काठमाडौं अपराध अनुसन्धान कार्यालयका एसपी काजी आचार्यले बताएका छन्।

घटना पश्चात फरार रहेका मण्डललाई प्रहरीले नुवाकोटको पञ्चकन्या गाउँपालिका–४ आरुखर्कबाट पक्राउ गरेको हो। उनको साथबाट नगद ५९ हजार ३६० रुपैयाँ र तीनवटा मोबाइल बरामद गरिएको छ।

प्रारम्भिक अनुसन्धानका क्रममा उनले उपचारको नाममा कतिपय व्यक्तिहरूलाई यौन दुर्व्यवहारसमेत गरेको खुलेको छ। आफूलाई चिकित्सकको रूपमा प्रस्तुत गरी ठगी र लुटपाट गर्दै आएको तथ्य प्रहरीले उजागर गरेको छ।

सामाजिक सञ्जालमार्फत अपरिचित व्यक्तिहरूसँग विश्वास गर्दा यस्ता घटना दोहोरिन सक्ने भन्दै प्रहरीले सबैलाई सचेत रहन आग्रह गरेको छ।

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img