Saturday, June 14, 2025
मकवानपुररक्सिराङ गाउँपालिकाराक्सिराङ्गमा एक महिने बेकरी तालिम सम्पन्न

राक्सिराङ्गमा एक महिने बेकरी तालिम सम्पन्न

spot_img

हेटौंडा | मकवानपुरको राक्सिराङ्ग गाउँपालिकाको चैनपुरमा एक महिने बेकरी तालिम सम्पन्न भएको छ। आइतबार आयोजित एक समारोहमा गाउँपालिका अध्यक्ष राजकुमार मल्लको प्रमुख आतिथ्यतामा तालिमको समापन गरिएको हो।

कार्यक्रममा बोल्दै अध्यक्ष मल्लले सहभागीहरूलाई सिकेको सीप व्यवहारमा उतार्न र व्यावसायिक बन्न आग्रह गरे। उनले भने, “अब बाहिरबाट आउने बेकरी सामग्रीलाई रोक लगाएर स्वरोजगार बन्नुपर्छ।” मल्लले तालिम पश्चात व्यवसाय शुरू गर्ने समूहलाई गाउँपालिकाले सहयोग गर्ने प्रतिबद्धता समेत जनाए।

-Ads-

राक्सिराङ्ग गाउँपालिकाको सहयोगमा सञ्चालित यस तालिममा सुर्यमणि बिजनेस सोलुसन प्रालिका मुख्य प्रशिक्षक हिराप्रसाद पौडेलले १८ जना स्थानीय सहभागीलाई प्रशिक्षण दिएका थिए।

समापन कार्यक्रममा राक्सिराङ्ग गाउँपालिकाका शाखा अधिकृत गोविन्द अधिकारी र सुर्यमणि बिजनेस सोलुशनका श्याम कुमार अग्रवालको पनि उपस्थिति रहेको थियो।

यो तालिमले स्थानीय स्तरमा रोजगारी सिर्जना गर्ने र आर्थिक विकासमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ। गाउँपालिकाले यस्ता सीपमूलक तालिमहरू भविष्यमा पनि निरन्तरता दिने जनाएको छ।

spot_img
spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
spot_img
ताजा
सिफारिस
बिज्ञापन

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

spot_img
spot_img