Friday, January 17, 2025
समाजतीन वर्षमा वैदेशिक रोजगारीमा गएका ४ हजार नेपालीले ज्यान गुमाए

तीन वर्षमा वैदेशिक रोजगारीमा गएका ४ हजार नेपालीले ज्यान गुमाए

काठमाडौं | श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकले वैदेशिक रोजगारीमा गएका नेपालीहरूको मृत्युदर चिन्ताजनक रूपमा बढेको देखाएको छ। आज प्रतिनिधि सभामा मन्त्री डोलप्रसाद अर्यालले पेश गरेको विवरण अनुसार गत तीन वर्षको अवधिमा झन्डै चार हजार जनाले ज्यान गुमाएका छन् ।

मन्त्री अर्यालका अनुसार आर्थिक वर्ष २०७८/०७९ देखि चालु आर्थिक वर्ष २०८०/०८१ को जेठ मसान्तसम्म ३ हजार ९ सय ९८ जना नेपालीले विदेशमा ज्यान गुमाएका छन्। यसै अवधिमा १,२०७ जना नेपाली कामदार अंगभंग भएका छन्।

सरकारले मृतक र अंगभंग भएका कामदारका परिवारलाई २ अर्ब ९ करोड ४६ लाख २२ हजार रुपैयाँ आर्थिक सहायता उपलब्ध गराएको मन्त्री अर्यालले जानकारी दिए।

यो तथ्यांकले वैदेशिक रोजगारीमा जाने नेपालीहरूको सुरक्षा र स्वास्थ्यको गम्भीर चुनौती रहेको देखाएको छ। विशेषज्ञहरूले यस समस्याको समाधानका लागि सरकारले गन्तव्य मुलुकहरूसँग थप कूटनीतिक पहल गर्नुपर्ने र कामदारहरूको सुरक्षा सुनिश्चित गर्न कडा नीति ल्याउनुपर्ने सुझाव दिएका छन्।

यसैबीच, रोजगार विज्ञहरूले नेपालमै रोजगारीका अवसरहरू सिर्जना गरी वैदेशिक रोजगारीमा जाने बाध्यता कम गर्नुपर्ने आवश्यकता औंल्याएका छन्। सरकारले यस विषयलाई गम्भीरतापूर्वक लिई आवश्यक कदम चाल्ने आश्वासन दिएको छ।

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement

सिफारिस

spot_img