Sunday, February 16, 2025
देशकोशी प्रदेशइटहरीमा अनलाइनबाट नक्सा पास गर्न सकिने सुविधा

इटहरीमा अनलाइनबाट नक्सा पास गर्न सकिने सुविधा

सुनसरी: इटहरी उपमहानगरपालिकाले अनलाइनबाट नक्सा पास गर्न सकिने सुविधा सुरु गरेको छ ।

उपमहानगरले ‘पेपरलेस’ अवधारणा अनुसार इलेक्ट्रोनिक बिल्डिङ परमिट सिस्टम (ईबीपीएस) कार्यान्वयनमा ल्याएको हो । यस सफ्टवेयर प्रयोग गरी सम्पूर्ण सेवाग्राहीले आफ्नो निवेदन र इन्जिनियरले बनाएको घर नक्साको डिजाइन अनलाइनमार्फत् नक्सा शाखामा पठाउने र त्यसपछि प्रक्रिया पूरा गरी नगरपालिकाले अनलाइनबाटै निवेदन स्वीकृत गर्ने व्यवस्था हुने भएको छ।

छिटो–छरितो सेवा प्रवाहको साथै नगरवासीको सहजता र भवन निर्माण मापदण्डलाई थप प्रभावकारी बनाउन नक्सा पासलाई अनलाइन प्रणालीमा लगिएको नगरप्रमुख हेमकर्ण पौडेलले जानकारी दिए ।

आर्थिक वर्ष ०८०/८१ भित्रमा नगरलाई पेपरलेस (कागजबिहीन) बनाउने लक्ष्य राखेको मेयर बताएका छन् । यस प्रणाली अनुसार घरनक्सा दर्तादेखि सम्पन्न प्रमाणपत्र दिनेसम्मका सम्पूर्ण काम अनलाइनबाट हुने बताइएको छ ।

सेवाग्राहीले घरै बसीबसी आफ्नो काम कहाँ पुग्यो भन्ने सम्मको जानकारी लिन सक्नेछन् । सबै कागजपत्र पुगेका मितिले २० दिन भित्रमा नक्सा पास हुनेछ ।

spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

ताजा
सिफारिस
बिज्ञापन

फागुन ४ गते आइतबारको भाग्यफल

spot_img