धनकुटा: भौगोलिक अवस्थाका कारण हेलिप्याड आवश्यक रहेको धनकुटा नगरपालिका वडा नम्वर ९ मा नेपाली सेनाको भीमदल गणले हेलिप्याड निर्माण सम्पन्न गरी हस्तान्तरण गरेको छ ।
स्थानीयका सहयोग समेतमा नेपाली सेनाको भीमदल गणले निर्माण सम्पन्न गरेको पक्की हेलीप्याड बाघखोर हेलिप्याडको समुद्धघाटन गरी निर्माण समितिलाई हस्तान्तरण गरिएको हो ।
भीमदल गणका तर्फबाट श्रम तथा प्राविधिक सहयोग, बाघखोर हेलिप्याड निर्माण समितिको सक्रियता, धनकुटा नगरपालिका वडा नम्वर ९ कार्यालय,स्थानीयको सहयोगमा निर्माण सम्पन्न बाघखोर हेलिप्याड नम्वर नेपाली सेनाको २ नम्बर वाहिनी अड्डाका वाहिनीपति सहायक रथी रामकाजी थापाले उदघाटन गरी समितिलाई हस्तान्तरण गरिएको हो ।
विपदमा परेका, जटिल अवस्थाका गर्भवती/सुत्केरी महिला तथा गम्भिर खालका बिरामीलाई आकस्मिक उद्धार गर्न सहज होस् भन्ने उद्देश्यका साथ हेली प्याड निर्माण गरिएको सहायक रथी थापाले बताए । निर्माण गरीएको उक्त हेलिप्याडले जुसुकै अवस्थामा आवश्यक अवतरणका लागी सहयोग पुग्ने श्री नं. २ वाहिनी आड्डाका वाहिनीपति सहायक रथी श्री राजकाजी थापाले बताए ।
निर्माण यस्ता प्रकृतिका जनहित कार्यले नेपाली सेना र जनता बीच सुमधुर सम्बन्ध कायम गरी राष्ट्रिय एकतालाई मजबुत बनायन टेवा पुग्ने साथै हेलिप्याड निर्माणबाट स्थानिय बासिहरुलाई प्रत्यक्ष फाईदा हुने श्री भिमदल गणका गणपति प्रमुख सेनानी सुमन थापाले बताए ।
कार्यक्रममा धनकुटाका प्रमुख जिल्ला अधिकारी पुण्यबिक्रम पौडेल, कोशी प्रदेश सभाकी पुर्व सदस्य कुसुम कुमारी श्रेष्ठ, सशस्त्र प्रहरी बल नेपाल नम्वर ६ गुल्म हेडक्वाटर छिन्ताङ्गका प्रमुख शसस्त्र प्रहरी नायव उपरीक्षक सुदन प्रसाद भारती, राष्ट्रिय अनुसन्धान धनकुटाकी प्रमुख अनुसन्धान अधिकृत सविना राई, वडा नम्वर ९ का वडा अध्यक्ष टंक रोईला, पुर्व अध्यक्ष मनोज रायमाझी लगायतको सहभागिता रहेको थियो ।